Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कुतियाकवरवासी भन्दछन् : ‘बर्खा लाग्यो कि बाढीकै पिरलो’


३० जेष्ठ ,दोधारा चाँदनी। तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ ।

जोगबुढापारि रहेको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्ने गरेको छ । “बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुने गर्छ”, दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले भनिन्, “सामान्य झरी पर्दा पनि घरभित्र पस्न डर लाग्छ ।”

उनले बर्खा सुरु भएसँगै फेरि बाढीको चिन्ता हुन थालेको बताईन् । “गत वर्ष बाढीले बेसार खेती र तरकारी खेती पुरियो”, उनले भनिन्, “बाढीकै कारण यहाँबाट धेरै बसाइँ सरेर अन्यत्र गइसके ।”

यहाँ ४९ परिवारको बसोबास छ । यहाँका अधिकांश युवा रोजगारीका लागि भारत पसेका छन् । गाउँमा भएका भने तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्छन् । “हामीले यहाँ डरैडरमा बाँच्नुपरेको छ”, स्थानीय वसन्ती सुनारले भनिन्, “हाम्रो बस्ती नै अन्यत्र सारिदिए राम्रो हुन्थ्यो ।”

बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको उनको बताईन् । यहाँ बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो हुन्छ । तर बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउँदमा अन्न भित्र्याउन निकै समस्या झेल्नुपरेको उनले बताईन् ।

स्थानीय टेकबहादुर सुनारले पनि बाढीकै कारण यहाँ समस्या हुने गरेको बताए । “हामीले त जहिल्यै त्रासमा जीवन बिताउनुपरेको छ”, सुनारले भने, “बर्खा लागे बाढीको त्रास हुन्छ आकाशमा बादल देखिए राति निद्रा लाग्दैन ।” उनले जोगबुढा र महाकाली दुवै नदीले कटान गरेर यहाँको बस्ती उच्च जोखिममा रहेको बताए ।

यहाँ बाढीको उच्च जोखिम रहेकाले दोधारा चाँदनी नगरपालिकाको सहयोगमा विभिन्न सङ्घसंस्थाले जोगबुढा नदीमा बाढीबाट बच्ने उपाय र खोज, उद्धारलगायतका बारेमा समुदायस्तरमा नमूना अभ्यास प्रदर्शन गरेका छन् । बाढीको उच्च जोखिम रहेको यो बस्तीमा सशस्त्र प्रहरी बल नेपाल, एनएनएस डब्लुए र निड्स नेपाललगायतका संस्थाले यहाँका बासिन्दालाई बाढीबाट बच्ने कृत्रिम अभ्यास प्रदर्शन गरेका हुन् ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले कृत्रिम अभ्यासले बाढी प्रभावित क्षेत्रका बासिन्दलाई सहयोग पुग्ने बताए । “नमूना अभ्यासबाट यहाँका स्थानीयलाई पनि धेरै कुरा थाहा भयो”, उनले भने, “यसले विपद्को बेला आफू कसरी बच्न सकिन्छ जानकारी पाएका छन् ।”


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?