Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

सेती नदीको वैज्ञानिक सिमाङ्कन गर्न माग


३० जेठ, पोखरा । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखबाट उत्पत्ति भएर पोखराको मध्यभाग भएर बग्ने सेती नदीको वैज्ञानिक सिमाङ्कनको माग गरिएको छ । नदीको सिमाङ्कन नहुँदा नदी दोहन बढेको भन्दै सेती नदी संरक्षण अभियानले स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो । सेती नदीको संरक्षणको काम गर्ने उद्देश्यसहित हालै जिल्ला प्रशासन कार्यालय कास्कीमा सेती नदी संरक्षण अभियान नामको सामाजिक संस्था दर्ता गरिएको छ ।

सेतीमा वर्षौँदेखि हुँदै आएको ढुङ्गा, बालुवा, गिट्टीको दोहन र नदी किनारामा बढ्दै गइरहेको मानव बस्तीका कारण नदीको प्राकृतिक बहावमा परिवर्तन हुँदा ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । कति क्षेत्रभित्र उत्खनन गर्ने भन्ने निश्चित नभएकाले जथाभावी र मनपरी तरिकाले दोहन बढेपछि नदीको सिमाङ्कन माग गरिएको होे ।

नदी गहिरिँदै गएको र नदीको बहावको तीव्रता बढेका कारण वर्षात्मा आसपासका निजी र सार्वजनिक जमिनको क्षयीकरण हुँदा करोडौँको लागतमा बनेका पुल, अन्तिम संस्कार गरिने घाटसमेत क्षतिग्रस्त भएको सेती नदी संरक्षण अभियानका अध्यक्ष हेमराज पौडेलले बताए । उनले भने, “धार्मिक आस्थाका स्थानसमेत जोखिममा रहेको र बढ्दो मानव क्रियायाकलापका कारण नदीको जल ढलमा परिणत भइरहेको छ । यस्तो दुर्दशा न्यूनीकरणको उद्देश्यले सेती आसपासमा बसोबास गर्ने जनसमुदायको अगुवाइमा सेती नदी संरक्षण अभियान सामाजिक संस्था दर्ता गरेका छौँ ।”

संस्थाले मुलतः सेती नदीको वैज्ञानिक सिमाङ्कन, नदीलाई प्राकृतिक अवस्थामा बग्न दिई थप क्षति हुन नदिन संरक्षणमुखी ठोस कार्य गर्न ल्याउन तीनै तहका सरकारसँग मागसमेत गरेको छ । नदीमा भइरहेको फोहरको व्यवस्थापन गर्न जनचेतनालगायतका समुदायस्तरबाट सरसफाइ कार्यको संयोजन, सांस्कृतिक, धार्मिक आस्थाका स्थलको संरक्षण तथा नदीलाई सौन्दर्यकरण गर्न सरोकारवालालाई उत्प्रेरित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने अभियानले जनाएको छ ।

सेती नदी संरक्षण अभियानका पदाधिकारीले नदी संरक्षणका कार्यक्रम ल्याउन सोमबार पोखरा महानगर प्रमुख धनराज आचार्यसमक्ष माग गरेका छन् । प्रमुख आचार्यलाई महानगरमा भेट गरी उनीहरूले संरक्षणका लागि आग्रह गरेका हुन् ।

महानगरको आगामी वर्षको बजेट तथा कार्यक्रममा सेती सिमाङ्कन सेती नदीको प्राकृतिक बहावलाई कायम गर्न बिनाविलम्ब चाल्नुपर्ने कदम, नदी सरसफाइ र स्वच्छता कायम गर्ने गरी कार्यक्रम सञ्चालन गर्न माग गरेका हुन् । महानगरले नदीको सौन्दर्यकरण र पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिइएको छ ।

“संरक्षणका ठोस काम नगरी भविष्यमा कुनै पनि हालतमा दोहनरुपी उत्खनन गर्ने काम दोहोरिने छैन भन्ने अपेक्षा महानगरसँग गरेका छौँ”, अध्यक्ष पौडेलले भने, “महानगरले चाल्ने संरक्षणका ठोस तथा सकारात्मक क्रियाकलापमा अभियानको साथ र सहयोग रहने प्रतिबद्धता महानगरसमक्ष गरेका छौँ ।”


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?