Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

प्रदेश समाचार


केयुकेएलले खानेपानीको परिमाण बढाउने

३२ जेठ, काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले ग्राहकलाई हाल वितरण गर्दै आएको खानेपानीको परिमाण बढाउँदै जाने योजना बनाएको छ । वर्षाको समयमा आन्तरिक स्रोतबाट उत्पादन हुने पानी बढ्ने र मेलम्चीको पानी नियमित हुँदा उपभोक्तालाई थप पानी वितरण गर्न सकिने लिमिटेडले जनाएको छ । अहिले दैनिक वितरण नभए पनि

पहिरोमा पुरिएर एक जनाको मृत्यु

३२ जेठ, नुवाकोट । बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । सडकको नाला सफा गर्ने क्रममा पहिरो झर्दा बिहीबार बेलकोटगढी-१२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा पठाइएको छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

३२ जेठ, दैलेख । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । दैलेखको तल्लो डुगेश्वरबाट दुल्लुतर्फ जाँदैगरेको प्रदेश १–०२–००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका –१ गडापानीमा गएराति दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ

घरघरबाट सुरु भयो फोहोरको वर्गीकरण

३२ जेठ, झापा । बिर्तामोड नगरपालिकाले स्रोतमै कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरेर फोहोर सङ्कलन गर्न थालेको छ। नगरमा सङ्कलन भएको फोहोरबाट बायोग्याँस उत्पादन गर्ने उद्देश्यले स्रोतमै वर्गीकरण गरेर सङ्कलन गर्न थालिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेका अनुसार बिर्तामोडमा ११ वडा छन्। कुहिने र नकुहिने

पाँच लाखभन्दा कमका योजना सङ्घमै फिर्ता पठाउँछौँ : मुख्यमन्त्री पाण्डे

३२ जेठ, पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले बजेटमार्फत साना योजना विनियोजन गरी प्रदेशमा पठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले अग्रिम जानकारी गराउँदा पनि सङ्घ सरकारले बजेटमार्फत एक लाखसम्मका योजना बनाएर प्रदेशमा पठाएको भन्दै पाँच लाख रुपैयाँ मुनिका बजेट कार्यान्वयन नगर्ने स्पष्ट पारेका हुन् । बिहिबार

काठमाडाैँ महानगरले बन्द गरायो हिसान शैक्षिक मेला

३२ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले हिसान शैक्षिक मेला बन्द गराएको छ । स्थानीय तहसँग समन्वय नगरी मेला चलाएको र एईईको रिजल्ट प्रकाशित नहुँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले मेला बन्द गराएको हो । मेला बन्द गराउन नगर प्रहरीको टोली पुगेको थियो । असार ३ गतेसम्म

९ कक्षा पढ्दै गरेका दुई बालक तीन महिनादेखि बेखबर

३२ जेठ, कैलाली । कैलालीमा दुई बालक तीन महिनादेखि बेपत्ता छन् । घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडको ९ कक्षामा अध्ययनरत दुई बालक एकै दिन बेपत्ता भएका हुन् । गत फागुन २५ गते सुखड बजारमा महोत्सव हेर्न गएका दुवै जना उक्त दिनदेखि लापत्ता भएको परिवारलाई उद्धृत गर्दै गोरखापत्रले लेखेको छ

कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति

३२ जेठ, धनुषा । धनुषाको मिथिला विहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । मिथिला विहारी नगरपालिका–७ स्थित तारापट्टी चोकमा मिथिला विहारी नगरपालिका–६ का अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी भएको तारापट्टी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रामनाथ यादवले बताए

पाल्पामै पहिलो पटक लाइसेन्स परीक्षाको लागि आवेदन खुला

३२ जेठ, पाल्पा । पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाको लागि आवेदन खुला भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ३० गतेदेखि अनलाइन प्रणालीमार्फत मोटरसाइकल र स्कुटीको लाइसेन्सको लागि आवेदन खुला गरेको हो । कार्यालयले मोटरसाइकल तर्फ वर्ग (ए) र स्कुटरतर्फ वर्ग (के) को नयाँ

अब माइक्रोबस र जीप चढ्न नयाँबसपार्क जानुपर्ने

३२ जेठ, काठमाडाैँ । के तपाई काठमाडौँभित्रबाट सार्वजनिक माइक्रोबस र जीप चढेर उपत्यका बाहिर जाँदै हुनुहुन्छ ? जाँदै हुनुहुन्छ, भने अब तपाईँ गोँगबुस्थित नयाँबसपार्क पुग्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आजदेखि गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने व्यवस्था गरेको छ । सो व्यवस्थासँगै अब काठमाडौँभित्रको बल्खु,

सम्वन्धित समाचारहरु