Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पाल्पामै पहिलो पटक लाइसेन्स परीक्षाको लागि आवेदन खुला


३२ जेठ, पाल्पा । पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाको लागि आवेदन खुला भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ३० गतेदेखि अनलाइन प्रणालीमार्फत मोटरसाइकल र स्कुटीको लाइसेन्सको लागि आवेदन खुला गरेको हो ।

कार्यालयले मोटरसाइकल तर्फ वर्ग (ए) र स्कुटरतर्फ वर्ग (के) को नयाँ लाइसेन्स जारी गर्न आवेदन खुला गरिएको जनाएको छ । लाइसेन्सका लागि परीक्षा दिने प्रशिक्षार्थीले अनलाइनमार्फत परीक्षा दिन सक्ने कार्यालय प्रमुख केशव सुनारले जानकारी दिए ।

तानसेन-७ बर्तुंङमा रहेको सेवा कार्यालयबाट उक्त सेवा दिइने छ । कार्यालय जेठ ४ गतेदेखि लाइसेन्स नवीकरणको सेवा समेत दिइरहेको छ । जिल्लाबाटै लाइसेन्स दिने र नवीकरणको सेवा सुरु भएसँगै सेवाग्राहीलाई सहज भएको छ । लाइसेन्सको सम्पूर्ण कामका लागि बुटवल, पोखरा जानुपर्ने बाध्यता हटेको भन्दै सवारी चालकहरू समेत उत्साहित भएका छन् ।

पाल्पामा सवारी चालक परीक्षण केन्द्र (ट्रायल सेन्टर) को समेत निर्माण भइसकेको छ । यातायात व्यवस्था सेवा कार्यालयले तानसेन नगरपालिका-७, ठाँटी क्षेत्रमा ट्रायल सेन्टर निर्माण गरेको कार्यालय प्रमुख सुनारले बताए । यातायात व्यवस्था विभागको स्वीकृतिपछि ट्रायल सेन्टरको सेवा समेत सञ्चालनमा ल्याइने उनले बताए ।

ट्रायल सेन्टरले पाल्पासहित यस भेगका सेवाग्राही लाभान्वित हुनेछन् ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?