Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

पाल्पामै पहिलो पटक लाइसेन्स परीक्षाको लागि आवेदन खुला


३२ जेठ, पाल्पा । पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाको लागि आवेदन खुला भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ३० गतेदेखि अनलाइन प्रणालीमार्फत मोटरसाइकल र स्कुटीको लाइसेन्सको लागि आवेदन खुला गरेको हो ।

कार्यालयले मोटरसाइकल तर्फ वर्ग (ए) र स्कुटरतर्फ वर्ग (के) को नयाँ लाइसेन्स जारी गर्न आवेदन खुला गरिएको जनाएको छ । लाइसेन्सका लागि परीक्षा दिने प्रशिक्षार्थीले अनलाइनमार्फत परीक्षा दिन सक्ने कार्यालय प्रमुख केशव सुनारले जानकारी दिए ।

तानसेन-७ बर्तुंङमा रहेको सेवा कार्यालयबाट उक्त सेवा दिइने छ । कार्यालय जेठ ४ गतेदेखि लाइसेन्स नवीकरणको सेवा समेत दिइरहेको छ । जिल्लाबाटै लाइसेन्स दिने र नवीकरणको सेवा सुरु भएसँगै सेवाग्राहीलाई सहज भएको छ । लाइसेन्सको सम्पूर्ण कामका लागि बुटवल, पोखरा जानुपर्ने बाध्यता हटेको भन्दै सवारी चालकहरू समेत उत्साहित भएका छन् ।

पाल्पामा सवारी चालक परीक्षण केन्द्र (ट्रायल सेन्टर) को समेत निर्माण भइसकेको छ । यातायात व्यवस्था सेवा कार्यालयले तानसेन नगरपालिका-७, ठाँटी क्षेत्रमा ट्रायल सेन्टर निर्माण गरेको कार्यालय प्रमुख सुनारले बताए । यातायात व्यवस्था विभागको स्वीकृतिपछि ट्रायल सेन्टरको सेवा समेत सञ्चालनमा ल्याइने उनले बताए ।

ट्रायल सेन्टरले पाल्पासहित यस भेगका सेवाग्राही लाभान्वित हुनेछन् ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?