९ असार ,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको शनिश्चरे तालको पुनःनिर्माण गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–१ मा अवस्थित तालको गण्डकी प्रदेश सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको हो । जिल्लाकै ठूलो तालका रुपमा रहेको शनिश्चरे ताल साँघुरिँदै गएपछि ताल सफा गर्ने, ताल पुरिएको स्थानमा खन्नेलगायतको काम गरिएको सिसबार उपभोक्ता समितिका
८ असार, धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । परीक्षमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अनियमतता
८ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्ने बताएका छन् । प्रदेश योजना आयोग र प्रदेश योजना आयोजना मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्तरुपमा आयोजित ‘कोशी प्रदेश समृद्धिको नवीनतम् आधार’सम्बन्धी कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उनले राष्ट्रिय
८ असार, काठमाडाैँ । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ का लागि वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । आज (शुक्रबार) राष्ट्रिय सभा गृहमा बसेको १३ औँ अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति कार्यक्रम पारित गरिएको हो । अधिवेशनको पहिलो बैठकमा महानगरपालिकाका प्रमुख साहले, चालु आर्थिक वर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा
८ असार, दाङ । दाङको शान्तिनगर गाउँपालिकाले वडा नं २ का वडाध्यक्ष सुनिल वलीलाई कारबाही गर्न पत्राचार गरेको छ । वलीले कर्मचारीमाथि हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङसँग कारबाहीका लागि पत्राचार गरिएको हो । कर्मचारीमाथि हातपात गरेको आरोपमा वलीलाई कानुनी कारबाहीको माग गरी बिहीबार पत्राचार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत
८ असार, झापा । प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन हस्तान्तरण भएको एक सातामै सघन उपचार कक्ष ‘आइसियु’मा बर्खाको पानी चुहिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले २०८० साल जेठ २२ गते प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो । भवन कूल रु २७ करोडको लागतमा निर्माण भएको हो । हस्तान्तरणलगत्तै
८ असार, गुल्मी । गुल्मीका १२ पालिकामा १६ करोडभन्दा बढी बजेट कटौती भएको छ । सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदानअन्तरगत बजेट कटौती गर्दा जिल्लाका पालिकाहरुमा रु १६ करोड १७ लाख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख छविन्द बेल्वासेले जानकारी दिए । दुई नगरपालिका र १०
८ असार, चितवन । भरतपुर महानगरपालिका–१० हाकिमचोकमा रहेका अवैध संरचना हटाइएको छ । महानगरपालिकाले पटक–पटक सडक क्षेत्राधिकारभित्र पर्ने अवैध संरचना हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि आज डोजर लगाएर अवैध संरचना हटाइएको हो । भरतपुर–१० का वडाअध्यक्ष परमेश्वर खनालका अनुसार नहर मिचेर बनाइएका संरचना र सडक क्षेत्राधिकार मिचेर बनाइएका १२ भौतिक
८ असार, ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई बेपत्ता भएका थिए । बेपत्ता दुबैको शव भेटिएको हो । बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा
८ असार, जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्थालाई सुधार गर्नेका लागि पालिका भित्रका सामुदायिक विद्यालयमा वडा समिति गठन गरेको छ । विद्यालयमा खस्कँदै गएको शैक्षिक अवस्थालाई गुणस्तरीयता कायम गर्नेका लागि पालिकाको छवटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गाउँपालिका शिक्षा शाखाका प्रमुख शङ्कर