Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा


झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा

विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिन बालेन्द्र (बालेन) शाह आज दमक उत्रिएका छन् । हजारौं समर्थकको जोशिलो उपस्थितिसहित उनी दमक नगरपालिका वडा नम्बर ८ मा रहेको निर्वाचन अधिकृतको कार्यालयतर्फ अघि बढेका हुन् ।

नारा, ताली र उत्साहले दमकको वातावरण तातेको छ । ‘परिवर्तन’ र ‘नयाँ राजनीतिको संकेत’का रूपमा हेरिएका बालेन केही बेरमै निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराउने कार्यक्रम छ ।

समर्थकहरूको बाक्लो सहभागिताले झापा–५ को चुनावी माहोललाई थप रोचक बनाएको छ भने बालेनको यो उपस्थितिलाई आगामी चुनावी प्रतिस्पर्धाको महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।


प्रकाशित मिति: ६ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?