Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

विदेशी एयरलाइन्स कम्पनीको निर्भरता हटाउन आफ्नै विमान थप्ने गृहकार्यमा सरकार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डले जहाज थप्नेबारे सरकार आन्तरिक गृृहकार्यमा जुटिरहेको बताएका छन् ।

बिहीवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले हाल नेपाल एयरलाइन्सका सबै छ वटै जहाज सञ्चालनमा रहेको भएपनि यात्रुको मागअनुसार उडान गर्न जहाज अभाव रहेको बताएका हुन् । उनले एयरलाइन्सका सबै प्राविधिक सम्भावित समस्याहरुप्रति पनि मन्त्रालय गम्भीर भएको बताए । उनले सातवटै प्रदेशमा साना विमान सञ्चालन गर्ने सम्भावनाबारे पनि मन्त्रालयले प्रारम्भिक छलफल अघि बढाएको बताए । प्रदेश अन्तर्गतका विमानस्थलहरु सञ्चालनको लागि सबै प्रदेशमा एउटा—एउटा सानो विमान किन्नेबारे पनि प्रदेश सरकारहरुसँग छलफल भइरहेको उनको भनाइ छ । उनले नेपाल एयरलाइन्सको हवाई सेवा सशक्त बनाउन मन्त्रालयले पारदर्शी प्रक्रियामार्फत नयाँ विमान खरिद गर्ने वा लिजमा ल्याउने योजना बनाइरहेको स्पष्ट पारे ।

उनले भने, ‘नेपाल एयरलाइन्सको ६ वटै प्लेनहरु अहिले धेरै वर्षपछि चलिरहेको अवस्था छ । र हामीले प्राविधिक रुपमा बिग्रनसक्ने कुरामा सचेत रहन पनि भनेका छौं । सम्भवतः अब त्यस्तो समस्या नआउला । सी चेकको समय पनि अलि पछि नै छ । मुख्य समस्या हामीसँग प्लेनको अभाव भएरै परेको देखिन्छ । एकचोटि हामीले के पनि सोच्यौं भने सातवटा प्रदेशमा ससातवटा साना प्लेनको पप्रबन्ध गर्र्न सकियो भने तद्तद् प्रदेशहरुमा चलाउन सकिन्थ्यो कि । कोसी प्रदेशले केही एप्रोच हामीसँग गरेको पनि छ । अरु ठुला प्लेनहरुको सन्दर्भमा हाम्रो जापान, थाइल्याण्ड, अष्टेलिया र कोरियामा समेत फ्लाइट पुगेको छैन । धेरै ठाउँमा उडानको आवश्यकता वोध भएको छ । त्यतिधेरै हामीसँग एयरक्राफ्ट छैनन् । त्यसको लागि पारदर्शी हिसाबले किन्ने र त्यसको लागि स्रोत जुटाउने तथा लिजमा चलाउने उपायका बारेमा मन्त्रालय सोचिरहेको छ । त्यसो विषयमा अहिले छलफल भइरहेको छ । जतिधेरै प्लेन हामीले थप्न सक्छौं त्यति नै समस्या समाधान हुँदै जाने थिए । हामीसँग आफ्नै प्लेन भइदिएको भए बाहिरका अन्य प्लेनहरुलाई ब्यालेन्स गर्न सकिन्थ्यो । एउटा कतार एयरलाइन्सले मात्रै हाम्रो ३१ प्रतिशत प्यासेन्जर बोक्छ । त्यसैले विदेशी एयरलाइन्सहरुले लतार्नुभएकोे छ । धेरै भाडामा नेपाली यात्रुहरुलाई उड्न बाध्य पार्नुभएको छ । त्यसकारण हाम्रो क्षमतामा वृद्धि गर्नु नै एकमात्र उपाय हो ।’

उनले नेपालसँग विमान अभाव भएकै कारण विदेशी हवाई कम्पनीहरुले नेपाललाई लतार्ने काम गरिरहेको टिप्पणी गरे ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?