Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्छ : मुख्यमन्त्री कार्की


८ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्ने बताएका छन् ।

प्रदेश योजना आयोग र प्रदेश योजना आयोजना मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्तरुपमा आयोजित  ‘कोशी प्रदेश समृद्धिको नवीनतम् आधार’सम्बन्धी कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उनले राष्ट्रिय लक्ष्य प्राप्त गर्न प्रदेशबाट आवश्यक सहयोग प्रदान गर्नेतर्फ ध्यानउन्मुख भएको धारणा राखे ।

मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट निर्माणमा केही प्राथमिकता राख्न चुकेकाले केही क्षेत्रमा विकासको सन्तुलन कायम हुन नसकेकामा चर्चा गर्दै आगामी वर्षको बजेटमा  यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रदेशमा औद्योगिक उत्पादन, निर्माण सामग्री उत्पादन घट्नाले राजस्व सङ्कलन लक्ष्यअनुसार प्राप्ति नभएको बताउनुभयो । मुख्यमन्त्री कार्कीले कुनै पनि क्षेत्रको विकास र समृद्धिका लागि खर्च गर्ने क्षमता बढाएको बताए ।

उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनका लागि सङ्घीय सरकारले निजामती कर्मचारी ऐन चाँडै ल्याउनुपर्नेमा जोड दिए ।

प्रा डा शिव अधिकारीले नेपाली अर्थतन्त्रको विद्यमान अवस्थाको चिरफार, प्रदेशको आर्थिक अवस्था र प्रदेशको समृद्धिका नवीनतम् आधार समेटिएको ‘कोशी प्रदेशः समृद्धिका नवीनतम् आधार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रदेशको पहिलो आवधिक योजना कार्यान्वयनको पुनरावलोकन गरी स्वच्छ र समृद्ध प्रदेश बनाउनु गोष्ठीको मुख्य उद्देश्य छ ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?