Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश होः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश भएको बताएका छन् ।

बिहीवार काठमाडौंमा सातौं राष्ट्रिय खिर खाने दिवसको (साउन १५) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा विभिन्न चाडपर्व, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषा रहेको र नेपाल सांस्कृतिक रुपले पनि धनी रहेको बताए । नेपाल बहुसांस्कृतिक देश भएको बताउँदै नेपालीहरुले खाने खानपान र लगाउने भेषभुषाहरु संस्कृतिसँग मात्रै नभइ विज्ञान, जीवनदर्शनसँग सम्बन्धित रहेको बताए । असार १५ मा बलियो बन्नका लागि खिर खाइने र उर्जाशिल भएर काम गर्ने र साउन १५ मा खेतीपाती सकिसकेपछि स्वस्थ रहन र चिसोमा भिजेको शरीरलाई न्यानो बनाउन खिर खाने परम्परा रहेको बताए ।

मन्त्री पाण्डेले भने, ‘हामी नेपालीहरु विविधतापूर्ण संस्कृति अवलम्वन गर्ने देशवासीको रुपमा हामी छौँ । हाम्रा विभिन्न चाडपर्व छन्, भेषभुषाहरु छन् । बहुभाषी छौँ हामी । सांस्कृतिक दृष्टिकोणले पनि बहुसंस्कृतिले हामी ओतप्रोत छौँ । त्यसले सम्पन्न छौँ । हाम्रा खानपान, भेषभुषाका विशेषताहरु संस्कृति मात्रै नभइ विज्ञान, जीवन दर्शनसँग पनि सम्बन्धित छन् । खिर खाने साउन १५ को चाड पनि त्यही दृष्टिकोणले हामी सबै नेपालीले मनाइरहेका छौँ । नेपाल कृषिप्रदान देश । खेतमा जानुपर्ने, काम गर्नुपर्ने, असार, साउनमा, खेतीपातीमा पानीमा भिज्नुपर्ने विभिन्न कारणले शरीरमा चिसो पस्ने असार १५ को दिन दहि चिउरा खाएर उर्जा उत्पन्न गर्दछौँ । असारभर अझ काम गर्नुपर्छ । लगभग अब खेतीपातीको काम सकियो, चिसोमा धेरै खेल्नुपर्ने समय हो । अब खिर खाएर शरीरमा लागेको चिसोलाई भगाउने गरी शरीरलाई स्वस्थ राख्न गरिएको पर्व हो ।’

मन्त्री पाण्डेले यस्ता पर्वहरुले नेपालको मौलिक पहचान, संस्कृतिलाई प्रवद्र्धन गर्ने र नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्ने बताए ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?