Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

नवलपुरको शनिश्चरे ताल पुनःनिर्माण


९ असार ,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको शनिश्चरे तालको पुनःनिर्माण गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–१ मा अवस्थित तालको गण्डकी प्रदेश सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको हो ।

जिल्लाकै ठूलो तालका रुपमा रहेको शनिश्चरे ताल साँघुरिँदै गएपछि ताल सफा गर्ने, ताल पुरिएको स्थानमा खन्नेलगायतको काम गरिएको सिसबार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए । एकतीस बिघा क्षेत्रफलमा फैलिएको ताल गण्डकी प्रदेश सरकारको रु ४० लाख र उपभोक्ता समितिबाट रु चार लाख ३४ हजार चार सय २१ गरी कूल रु ४४ लाख ३४ हजार चार सय २१ लागतमा पुनःनिर्माण गरिएको उहाँले जानकारी दिए ।

सिमसारको रुपमा रहेको यस क्षेत्रको संरक्षण गर्दै तालको रुपमा विकास गरिएको हो । ताल संरक्षण गर्नु जैविक विविधताका हिसाबले समेत महत्वपूर्ण रहेको अध्यक्ष पाण्डेले बताए । गैँडा, मृगलगायतका वन्यजन्तुलाई पानीको स्रोत, लोपउन्मुख चराको बासस्थानका लागि तालको महत्व रहेको अध्यक्ष पाण्डेले बताए । जिल्लाकै ठूलो ताल भएकाले पर्यटनको आकर्षणसमेत बन्ने उनले बताए । “जैविक विविधताको संरक्षण गर्दै पर्यापर्यटनको माध्यमबाट दिगो जीविकोपार्जन गर्नका लागि यो तालको महत्व रहेको छ”, उनले भने ।

तालमा अहिले माछापालनसमेत गरिएको छ । लक्षित वर्ग माझी, मुसहर, बोटे समुदायको आर्थिक उपार्जनमा समेत तालले सहयोग पुग्ने उनले बताए । पूर्व पश्चिम राजमार्गको केउरेनीदेखि दुई दशमलव पाँच किलोमिटरको दूरीमा रहेको शनिश्चरे ताललाई जिल्लाकै आकर्षक पर्यटकीयस्थलको रुपमा विकास गर्न रु १५ करोडको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार पारिएको अध्यक्ष पाण्डेले बताए ।

पार्क, मचान, दृश्यावलोकन स्तम्भसहितका संरचना बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको उनले बताए । प्रारम्भिकरुपमा थोरै बजेटले तालको पुनःनिर्माणको काम गरिएको र क्रमशः योजनाअनुसारका काम गरिने अध्यक्ष पाण्डेले बताए । “प्रदेश सरकारबाट प्राप्त रकमबाट प्रारम्भिक चरणमा तालको पुनःनिनिर्माणको काम अघि बढाएका छौँ, क्रमशः यसको विकास गर्ने योजना हाम्रो रहेको छ”, अध्यक्ष पाण्डेले भने, “मुख्य कुरा बजेटको समस्या हो, यसका लागि तीनै तहका सरकारसमक्ष समन्वय गरिरहेका छौँ ।” चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले तालको थप महत्व रहेको उहाँको भनाइ रहेको छ ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?