Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

शिथिल बनिसकेको दामनको पर्यटन फेरि तंग्रिँदै


काठमाडौँ। चिसो अनि स्वच्छ हावापानी र हिमश्रृंखलाको अनुपम दृश्यले प्रख्यात दामन–पालुङ क्षेत्रको पर्यटन फेरि तंग्रिँदै गएको छ ।

हेटौंडा–काठमाडौं जोड्ने प्रमुख राजमार्गको छेउमा पर्ने यो क्षेत्र कुनै समय पर्यटकको घुइँचोले थेगिनसक्नु हुन्थ्यो । तर पछिल्लो केही वर्ष कोरोनाको महामारी, वैकल्पिक सडक मार्गको प्रयोग र अन्य विविध कारणले गर्दा पर्यटक आगमनमा कमी आएको थियो । पछिल्लो समय भने दामन–पालुङ क्षेत्र पुनः पर्यटकको रोजाइमा पर्न थालेको छ । विशेषगरी गर्मी महिनामा यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गरिरहेको छ । हिमश्रृंखलाको मनोरम दृश्य हेर्न,अर्गानिक खानाको स्वाद लिन तथा शुद्ध र चिसो हावा महशुस गर्न देश तथा विदेशका विभिन्न भागबाट पर्यटक यहाँ आइपुग्ने गरेका छन् ।

नेपालका तराई भू–भागमा गर्मी अत्याधिक हुने हुँदा चिसो वातावरण खोज्दै धेरैजसो आन्तरिक पर्यटक र छिमेकी देश भारतबाट समेत उल्लेख्य संख्यामा आगन्तुकहरु आउने गरेका छन् । पर्यटकहरु विशेषगरी गर्मी छल्न, शान्त वातावरणमा बस्न र हिमालका दृश्य अवलोकन गर्न यहाँ आउने गर्दछन् ।

यस्तै, जाडो महिनामा दामन र वरपरका क्षेत्रमा बाक्लो हिउँ पर्ने भएकाले हिउँ खेल्न चाहने आन्तरिक तथा विदेशी पर्यटकको चाप अझ बढी हुने गर्दछ । साथै दामन क्षेत्र धार्मिक महत्वले पनि उत्तिकै महत्व बोकेको क्षत्र हो । दामनमा रहेको ऋृखेश्वर महादेव मन्दिरमा श्रावन महिनामा विशेष मेला लाग्दै आईरहेको छ । साथै एकादशि फागुपुर्निमा लगाएतका पर्वहरुमा यस मन्दिरमा धार्मिक पर्यटकहरुको उल्लेख्य आवागमनहुने गरेको थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले बताए ।

वर्षमा ७—८ हजार पर्यटक दामन क्षत्रमा आउने गरेको बताए । स्थानीय सरकारसँगको समन्वयमा उक्त क्षेत्रका ब्यवसायीहरुले दामन पालङमा हिँउ खेल्नको लागि स्केटिङ पार्क तथा अन्य संरचनाहरुलाई व्यवस्थित ढंगमा अगाडि बढाएर पर्यटनको विकासमा लागेको उनको भनाई छ ।

विगतका बर्षहरुमा पर्यटकको खचाखच आगमन हुने गरेको र पछिल्ला वर्षहरुमा सुकेको पर्यटन फेरि फष्टाउन थालेको अनुभव गरेको दामन घुम्न आएका पर्यटक बताउँछन् । दामन पालुङ क्षेत्रमा रहेका एतिहाँसिक संरचनाहरुलाई सरकार र स्थानीय निकायहरुले ध्यान पुर्याउन नसक्दा र प्रचार गर्न नसक्दा यहाँको पर्यटन जुन गतिमा मौलाउन पर्नेहो त्यो गति लिन नसकेको मकवानपुर मनहरी घर भएका पर्यटक शिवकुमार रिजाल बताउँछन् ।

स्थानीय व्यवसायीहरु पनि पर्यटक आगमन पुनः बढ्न थालेसँगै उत्साहित भएका छन् । होटल, होमस्टे तथा कृषि–पर्यटनसँग जोडिएका व्यवसायमा पुनः गति आउन थालेको उनीहरुको भनाइ छ । अर्कोतर्फ दामन–पालुङ क्षेत्र तरकारी उत्पादनमा देशकै एक प्रमुख स्रोतको रूपमा स्थापित हुँदै आएको छ । दैनिक झन्डै ५० टन तरकारी उत्पादन हुने यस क्षेत्रबाट काठमाडौं, हेटौंडा, ललितपुर, भक्तपुर लगायतका सहरहरूमा नियमित रूपमा तरकारी आपूर्ति गरिँदै आएको छ । यहाँको उब्जनीले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?