Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

वडाध्यक्षलाई कारबाही गर्न गाउँपालिकाको पत्राचार


८ असार, दाङ । दाङको शान्तिनगर गाउँपालिकाले वडा नं २ का वडाध्यक्ष सुनिल वलीलाई कारबाही गर्न पत्राचार गरेको छ । वलीले कर्मचारीमाथि हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङसँग कारबाहीका लागि पत्राचार गरिएको हो ।

कर्मचारीमाथि हातपात गरेको आरोपमा वलीलाई कानुनी कारबाहीको माग गरी बिहीबार पत्राचार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर कारबाहीको माग गरेका हुन् ।

वडाध्यक्ष वलीले बिहीबार दिउँसो शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको खड्काले जानकारी दिए ।

खड्काका अनुसार वडाध्यक्ष वली स्थानीय शिक्षा शाखामा प्रवेश गरी एक आयोजनाको फाइल माग गरेपछि सो विषयमा विवाद उत्पन्न भएको थियो । त्यसलगत्तै वडाध्यक्ष वलीले त्यहीँ रहेका शिक्षा अधिकृत पाण्डेलाई हातपात गरेका थिए ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?