Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

शैक्षिक सुधारका लागि विद्यालयमा वडा समिति गठन


८ असार, जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्थालाई सुधार गर्नेका लागि पालिका भित्रका सामुदायिक विद्यालयमा वडा समिति गठन गरेको छ । विद्यालयमा खस्कँदै गएको शैक्षिक अवस्थालाई गुणस्तरीयता कायम गर्नेका लागि पालिकाको छवटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गाउँपालिका शिक्षा शाखाका प्रमुख शङ्कर धितालले जानकारी दिए ।

वडा समितिले आफ्ना वडा भित्रका शैक्षिक संस्थालाई चलायमानदेखि नियमन सुपरिवेक्षण तथा विद्यालय व्यवस्थापनका लागि वडापालिकालाई थप जिम्मेवार बनाउन विद्यालयमा वडा समिति गठन गरेको शिक्षा शाखाका उनको भनाइ छ ।

पालिका भित्रका १९ सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रमसमेत सञ्चालन गरेको सिञ्जा शिक्षा शाखाका प्रमुख  धितालले बताए ।

सिञ्जाका सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रमले शैक्षिकमा राहत पुग्ने सिञ्जा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले बताउनुभयो ।

शिक्षा क्षेत्रलाई केही सुधार गर्नका लागि यहाँका विद्यालयमा वडा समिति र अभिभावक शिक्षा कार्यक्रमले महत्वपूर्ण भूमिका हुने भएकाले अभिभावक, शिक्षक तथा विद्यार्थीबीच अन्तरक्रिया र विद्यालयको आमूल शैक्षिक परिवर्तनका लागि अभिभावक शिक्षा  कार्यक्रम सञ्चालन स्थानीय सरकारको विशेष ध्यान गएको सिञ्जा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालको भनाइ छ ।

विद्यार्थीको वास्तविक सिकाइ अवस्था पहिचान गर्नका लागि शिक्षक, विद्यार्थी, जनप्रतिनिधि र अभिभावकबीच शिक्षा क्षेत्रमा देखापरेका समस्यालाई हल गर्नेका लागि पालिकाको शिक्षा शाखाले सञ्चालन गरेको सो कार्यक्रम महत्वपूर्ण रहेको मालिका मावि धापाका शिक्षक परेक खत्रीले बताए ।

आगामी आउने आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आउनुभन्दा पहिला नै शिक्षा शाखाले विद्यालयको शैक्षिक अवस्था परिवर्तनका लागि विद्यालयको समस्या गुनासो र शैक्षिक क्षेत्रलाई विकास गर्नेका लागि सबै निकायबाट सुझाव सङ्कलन गरेको सो शाखाले जनाएको छ ।  शाखाले विद्यालयमा लागू गरेको वडा समिति गठन र अभिभावक शिक्षा कार्यक्रमले यहाँका विद्यार्थीलाई निकै राहत पुगेको जनाइएको छ ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?