२ भदाै, कास्की । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने बताएका छन् । राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरुले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले उल्लेख गरे
२ भदाै, काठमाडाैँ । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरूकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्छिन्। बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्छिन् । कक्षामा नियमित उपस्थित हुने उनको अरू विद्यार्थीसरह पढाइमै ध्यान
२ भदाै, झापा । मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना
२ भदाै, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्री पदको प्रलोभनमा पारेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष लिङ्देनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको बताएका हुन् ।
२ भदाै, भरतपुर । चितवनको गौरीखोला झरना ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने झरनाको प्रचार–प्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको हो । झरनासम्म पुग्नका लागि खानी गाउँसम्म मोटरबाटो निर्माण भएको छ । खानी गाउँबाट एक घण्टाको पैदल यात्रामा झरनासम्म पुग्न सकिन्छ । झरनासम्म पुग्नका लागि खानी गाउँबाट रेलिङसहितको
२ भदाै, कैलाली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल सुदूरपश्चिम प्रदेशको समृद्धिको मेरुदण्डका रुपमा रहेको बताएका छन् । महाकाली पुलको आज यहाँ स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले पुल निर्माणपछि मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए । “पुलसँगै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह
२ भदाै, चितवन । जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत साउन १ देखि यही भदौ १ गते दिउँसो सम्ममा एक सय आठ जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । एक हजार एक सय ६४ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
२ भदाै, बाजुरा । कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले राससलाई जानकारी दिएका छन् । सुदूरपश्चिम र कर्णालीका
२ भदाै, बलेवा । जवानी पल्टनमा बित्यो । उमेरले डाँडा काट्नै थाल्यो तर केही गर्छु भन्ने हुटहुटीले छोडेको छैन । निधारमा पसिना बगेकै छ । शरीरका कपडा धुलै–मैलै छन् । हातमा हथौंडा र फलाम तथा तामाका भाँडा चलेकै छन् । काठेखोला गाउँपालिका वडा नं ५, बिहुँको राहले गाउँको सानो झुपडीमा तामाका
२ भदाै, गुल्मी । मुसिकोट नगरपालिका– १ का ४५ वर्षीय वडा अध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन् । शनिवार बिहान ५ बजे सामाजिक सञ्जालमा परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ, प्रिय अनिता, साथ निभाउन सकेन , मलाई माफ गरे , घर परिवार ,साथीभाइ ,शुभचिन्तक सबै प्रति माफी चाहन्छु । अल