Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

फेसबुकमा स्टाटस लेखेर वडाध्यक्षले गरे आत्महत्या


२ भदाै, गुल्मी । मुसिकोट नगरपालिका– १ का ४५ वर्षीय वडा अध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन् ।

शनिवार बिहान ५ बजे सामाजिक सञ्जालमा परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ, प्रिय अनिता, साथ निभाउन सकेन , मलाई माफ गरे , घर परिवार ,साथीभाइ ,शुभचिन्तक सबै प्रति माफी चाहन्छु । अल बिदा भन्ने स्ट्याटस लेखेर उनले झुन्डिएर आत्महत्या गरेका छन् ।

सामाजिक सञ्जालमा स्ट्याटस देखेपछि स्थानीय र प्रहरीको टोलीले खोजतलास गर्दा झाँक्री थानमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?