Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बाजुरामा दुई सातादेखि अवरुद्ध हवाई उडान सञ्चालनमा


२ भदाै, बाजुरा । कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले राससलाई जानकारी दिएका छन् ।

सुदूरपश्चिम  र कर्णालीका पहाडी र हिमाली जिल्लामा वर्षायामको समयमा जोखिम उडान हुने भएको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले गत साउन १४ गतेदेखि सुदूर र कर्णलीका पहाडी र हिमाली जिल्लामा हवाई उडानमा रोक लगाएको थियो ।

चौतर्फी आलोचना तथा जनगुनासोपछि प्राधिकरणले बिहीबारबाट मौसम अनुकूल भए सुदूर र कर्णलीका विमानस्थलमा १२ः३० बजेपछि पनि उडान भर्न पाइने निर्णय गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण कोल्टीका प्रमुख वीरबहादुर बुढाले जानकारी दिए ।

“विमानस्थलको ‘अब्जेक्सन आवर’ बिहान ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो, सुदूर र कर्णलीका सबै विमानस्थलमध्ये जुम्लाको ‘जुम्ला’ विमानस्थल बाहेक सबैको ‘अब्जेक्सन आवर’ ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो”, उनले भने । त्यसैले ‘जुम्ला’ विमानस्थलबाहेक सुदूर र कर्णलीमा सञ्चालनमा रहेका सबै विमानस्थलमा प्राधिकरणले यो अवधिमा मात्रै उडान जोखिममुक्त हुने भएकाले वर्षायाममा विमानस्थलले आफ्नो ‘अब्जेक्सन आवर’ भित्र मात्रै उडान भर्न पाउने निर्णय गरेको थियो ।

जनगुनासो तथा पहाडी र हिमाली जिल्लाका नागरिकको अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले फेरि मौसम अनुकूल भए बिहाज ६ बजेदेखि साँझ ६ बजेसम्म उडान भर्न पाउने निर्णय गरेको हो । प्राधिकरण कोल्टीका अनुसार बाजुराको विकट क्षेत्रमा रहेको ‘कोल्टी’ विमानस्थलबाट दैनिक दुईदेखि बढी नियमित हवाई उडान हुन्छन् ।

कोल्टी–नेपालगञ्ज,नेपालगञ्ज–कोल्टी,कोल्टी–धनगढी र धनगढी–कोल्टीका लागि नेपाल एयरलाइन्स, सीता एयर, तारा एयर र समिट एयरले कोल्टीबाट उडान भर्दै आएका छन् ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?