६ भदौ, काठमाडाैँ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या भएको हो । सिंहदरबार, माइतीघर, थापाथली, गोँगबु, लैनचौर, कोटेश्वर, चक्रपथलगायत क्षेत्रमा अविरल वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको
६ भदाै, म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता लगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिराका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा शनिबारदेखि सिधा यातायात सञ्चालन हुन
६ भदाै, धादिङ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गौतम मिश्रका अनुसार अहिलेसम्म आठ जनाको शव निकालिएको छ । साथै
६ भदाै, धादिङ । त्रिशुली नदीमा बस खसेको छ । बुधबार काठमाडाैँबाट पोखरा जाँदै गरे यात्रुवाहक बस धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका- २ चालिसेमा त्रिशूलीमा खसेको हाे। अहिले उद्धार टोली घटनास्थलमा पुगेर उद्धारको काम सुरू गरिसकेको छ । घटनाको विस्तृत विवरण केही समयमा काठमाडौंबाट पोखरा जाँदै गरेको बस गजुरीनजिकै त्रिशूलीमा खसेको छ।
६ भदाै, काठमाडाैँ । काठमाडाैँको बुद्धनगरमा आतंक मच्चाउने भैँसी नियन्त्रणमा आएको छ । प्रहरी, सशस्त्र प्रहरी बल र वन कार्यालयको टोलीले डार्ट प्रयोग गरी शंखमुलको ज्ञान निकेतन स्कुलबाट भैँसीलाई नियन्त्रणमा लिएको हो । स्युचाटारस्थित वन कार्यालयको टोली डार्ट प्रयोग गरेका थिए । बुधबार बिहानै कतैबाट फुकेर आएको भैंसी उक्त क्षेत्रमा आक्रामक
६ भदाै, कैलाली । कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुगे । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुगेका उनले डल्फिन उफ्रेको हेरेर आनन्द लिए । बर्खा लागेपछि कैलालीको टीकापुर–७ स्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा दैनिक डल्फिन देखापरिरहेका छन् ।
६ भदौ, इलाम । इलाम नगरपालिका–७ ले एकल महिलाका लागि कोष निर्माण गरेको छ । इलाम नगरपालिका–७ नं वडा कार्यालयले वडाभित्र रहेका एकल महिलाको जीविकोपाजर्नमा सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरेको हो । कोषको ब्याजबाट एकल महिलाका क्षेत्रमा काम सहजता हुने बताइएको छ । सीपमूलक कार्यमा सहभागी हुँदै एकल महिलाका
६ भदाै, काठमाडाैँ । काठमाडाैँको बुद्धनगरमा एउटा भैँसीले आतङ्क मच्चाएको छ । कतैबाट फुकेर आएको भैँसी मानिसहरूलाई हान्ने लगायतका हर्कत गर्न लागेपछि समात्न प्रहरी खटिएका छन् पालिएको ठाउँबाट दाम्लोसहित भागेको एउटा भैँसी अलपत्र अवस्थामा बिहान बुद्धनगरमा भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । यसअघि २०७५ साल फागुनमा काठमाण्डौको चन्द्रागिरि मच्छेगाउँमा
६ भदाै, खोटाङ । टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ । एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो । गत असार ८ गते आएको बाढीले राउतेखोलामा लगाएको ट्रस्ट ब्रिज बगाएपछि आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । पुल बगेपछि
६ भदाै, काठमाडाैँ । सम्झौता मिति सकिन करिब ८ महिना बाँकी रहँदा कर्णालीमा १३२ केभी प्रशारण लाइन तोकिएकै मिति भित्र पूरा हु्ने भएको छ। मुआब्जादेखि अन्य विवाद सल्टिएपछि कोहलपुर–सुर्खेतमा १३२ केभी प्रशारण लाइन तोकिएकै मितिमा भित्र पूरा हुने भएको हो। बाँकेको बैजथानस्थित बस्तीमा सामान्य समस्या आए पनि करिब करिब हल उन्मुख