Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

प्रदेश समाचार


ठगीमा परेका पीडित परिवारलाई क्षतिपूर्ति

१४ वैशाख ,इनरुवा । सुनसरीमा वैदेशिक रोजगारीको शिलसिलामा ठगीमा परेका परिवारलाई छ करोड क्षतिपूर्ति वापतको रकम पीडित परिवारलाई उपलब्ध गराइएको छ । पीडित परिवारले दिएको उजुरीका आधारमा सुनसरीमा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका पीडित परिवारलाई चार वर्षमा रु छ करोडभन्दा बढी रकम क्षतिपूर्ति वापत उपलब्ध गराइएको हो । वैदेशिक रोजगारका

मैथली भाषामा पाठ्यपुस्तक निर्माण

१४ वैशाख ,गोलबजार । सप्तरीको बोदे बर्साइन नगरपालिकाले स्थानीयस्तरको विषयवस्तुलाई समेटेर मैथली भाषामा पाठ्यपुस्तक निर्माण गरेको छ । नगरपालिकाले शिक्षक निर्देशिका भने नेपाली भाषामा तयार गरेको छ । पालिकाभित्रका विभिन्न विषय वस्तुलाई विद्यालयमा अध्यापन गराउन स्थानीय तहले पाठ्यक्रम तयार गरेर सोहीअनुसार पाठ्यपुस्तक विद्यालयमा पठनपाठन गराउने तथा तयार पारिएको आधारभूत तहको

चारलेन ठेक्का छिट्टै रद्द हुन्छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा

१४ वैशाख ,दाङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घोराही–तुलसीपुर चार लेन सडक निर्माणकार्यमा राजनीति नगर्न सुझाव दिएकि छन् । नारायणपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा नारायणपुरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको उद्घाटन गर्दै उनले भनिन्, “जनदबाब हुँदा त्यसले माथि दबाब दिन पनि सहज हुन्छ, तर चार लेनमा राजनीति

विकास र वातावण संरक्षणसम्बन्धी धेरै फैसला भएको छ : कामु प्रधानन्यायाधीश कार्की

१४ वैशाख ,काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले विकासका गतिविधि र वातावरण संरक्षणबीच सन्तुलन सुनिश्चित गर्न धेरै पटक फैसला गरेको बताएका छन् । न्यायिक प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘वन र संरक्षित क्षेत्र र न्यायशास्त्र’ सम्बन्धी क्षेत्रीय गोष्ठीको उद्घाटन गर्दै उनले विकासका गतिविधिले वातावरणलाई हानि पु¥याउन नहुने कुरा

कोरोनाका कारण देशमा ६३ प्रतिशत उद्योग बन्द

१४ वैशाख ,चितवन । कोभिड–१९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योग प्रभावित भएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ का कारण चार महिना गरिएको बन्दाबन्दीका क्रममा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका छन् । यस अवधिमा २४ प्रतिशत उद्योग प्रतिष्ठान आंशिकरूपमा सञ्चालनमा रहेका र १३ प्रतिशत उद्योग पूर्णरूपमा सञ्चालनमा

पूर्वराजा ज्ञानेन्द्रलाई केपी ओलीले भने- बढ्ता फुरफुर नगर !

१४ वैशाख, इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको कडा आलोचना गरेका गरेका छन् । बिहीबार इलाममा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले पूर्वराजासँग पुरानो हिसाब किताब धेरै रहेको बताएका हुन् । उनले झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको भन्दै आक्रोश समेत

घाँस काट्न जाँदा नालामा डुबेर महिलाको मृत्यु

१४ वैशाख, कञ्चनपुर । कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुर्नवास नगरपालिका–१० कालिका मन्दिरका ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो । प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसमा पाण्डे नियुक्त

१४ वैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गरेका हुन् । कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र एक स्वतन्त्रसहित ३५ प्रदेशसभा सदस्यको समर्थन

कञ्चनपुरमा बढ्यो कोरोना सङ्क्रमण, अधिकांश संक्रमित भारतबाट फर्किएका

१४ वैशाख, कञ्चनपुर । पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरु छन । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन शिद्धराज भट्टले भारतबाट आउनेमा सङ्क्रमण देखिएको बताए

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

१४ वैशाख, बैतडी । बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन् । पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए । गत पुसमै बालिकामाथि बलात्कार भएको

सम्वन्धित समाचारहरु