Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप


महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप

काठमाडौँ। नेपाली काँग्रेसले पार्टी केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको कार्यसम्पदान समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रिय कार्यसमितिको म्याद थप गरेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यही पुसमा प्रश्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिता परिमार्जनसहित पारित गरिएको बताउनुभयो । उहाँकाअनुसार बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बुहमत सदस्यको समर्थनमा पास गरिएको हो ।

उहाँले भन्नुभयो, ‘बैठकले पार्टीको केन्द्रीय समितिको म्याद अगामी जेठ मसान्तसम्म थपिएको छ । पुसमा प्रश्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिता परिमार्जनसहित पारित गरेका छौँ । बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका पास भएको छ । बिचमा पार्टीको क्रियाशील सदस्यताका टुंग्याउन सम्भव नहुने भएको कारण र आम निर्वाचन पनि अगामी फागुन २१ मा हुने भएको कारण कार्यतालिका परिमार्जन गर्नुभएको हो । यद्धपी यसमा केही साथिहरुको फरक मत आएको छ । उहाँहरुले आफ्नो कुरा आफैं राख्नुहोला ।’

यद्यपि पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको उक्त निर्णयमा असहमति जनाउँदै विषेश महाधिवेशन आह्वान गर्ने भन्दै तयारी बस्न १४ औँ महाधिवेशनका प्रतिनिधिहरुलाई तयारीमा बस्न आग्रह गरेको छ ।


प्रकाशित मिति: १८ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?