Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा


मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा

काठमाडौँ। मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा गरिएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गरिएको हो । पार्टी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दल अन्य राजनीतिक दलभन्दा फरक विचार र उद्देश्यका साथ अघि बढ्ने दाबी गर्नुभयो । पार्टीको मुख्य लक्ष्य जनताको हित र राष्ट्र निर्माणमा केन्द्रित रहने उहाँको भनाइ छ । उहाँले पार्टी कुनै व्यक्तिगत स्वार्थ वा फाइदाका लागि गठन नगरिएको स्पष्ट पार्दै सबै भूगोल, जातजाति र समुदायलाई समेटेर समावेशी बनाइएको जिकिर गर्नुभयो । पार्टीको चुनाव चिन्ह पानीको बोतल प्रश्ताव गरिएको छ ।

उहाँले भन्नुभयो, ‘अन्य पार्टीको तुलनामा यो पार्टीको फरक विचार छ । यो पार्टीको उद्देश्य जनताको हितमा काम गर्ने हो । देशको हितमा काम गर्ने, राष्ट्रको निर्माणका लागि काम गर्ने हो । कुनै व्यक्तिगत स्वार्थ र व्यक्तिगत फाइदाका लागि पार्टी गठन गरिएको होइन । हामी सबै भुगोल, सबै जातजाति र सबै समुदायलाई समेटेर पार्टीलाई समावेशी बनाएका छौँ । हामी छिमेकी मुलुकहरुसँगको परराष्ट्र सम्बन्धलाई बढीभन्दा बढी मजबुत बनाउँदै उहाँहरुको सहयोगमा मुलुकको विकासमा लाग्नेछौँ । हामीले सबै छिमेकी मलुकहरुसँग मित्रता कायम गर्नेछौँ ।’

उहाँले छिमेकी मुलुकहरूसँगको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउँदै उनीहरूको सहयोगमा देशको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: १८ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?