Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल


भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल

काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुने बताउनुभएको छ ।

भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई हामीले पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने, एकदिनको सचेतना फैल्याएर सकिने कार्यक्रमको रुपमा सिमित गर्नु नहुने बताउनु भयो । उहाँले यसलाई विद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्योग तथा समुदायसम्म पुग्ने, भूकम्प सुरक्षित निर्माण, सरक्षित बसोवास र सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने दीर्घकालीन जनचेतना अभियानको रुपमा रुपान्तरण गर्नुपर्ने बताउनु भयो । भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाट हुने भएकाले स्थानीय तहको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई हामीले पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने, एकदिनको सचेतना फैल्याएर सकिने कार्यक्रमको रुपमा सिमित गर्नु हुँदैन । यसलाई हामीले विद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्योग तथा समुदायसम्म पुग्ने, भूकम्प सुरक्षित निर्माण, सरक्षित बसोवास र सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने दीर्घकालीन जनचेतना अभियानको रुपमा रुपान्तरण गर्नुपर्दछ । भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छ । स्थानीय तहको सक्रिय सहभागिता सुनिश्चित गरियोस् । भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाट नै शुरु हुन्छ ।’

मन्त्री अर्यालले कार्यक्रम भाषणमुखी नभइ परिणाममुखी हुनुपर्ने बताउनु भयो ।


प्रकाशित मिति: १८ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?