Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

ठगीमा परेका पीडित परिवारलाई क्षतिपूर्ति


१४ वैशाख ,इनरुवा । सुनसरीमा वैदेशिक रोजगारीको शिलसिलामा ठगीमा परेका परिवारलाई छ करोड क्षतिपूर्ति वापतको रकम पीडित परिवारलाई उपलब्ध गराइएको छ ।

पीडित परिवारले दिएको उजुरीका आधारमा सुनसरीमा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका पीडित परिवारलाई चार वर्षमा रु छ करोडभन्दा बढी रकम क्षतिपूर्ति वापत उपलब्ध गराइएको हो ।

वैदेशिक रोजगारका नाममा पीडित भएकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुनसरीमार्फत क्षतिपूर्ति वापतको रकम पाएको सामीका सुनसरी कार्यक्रम संयोजक धीरज भट्टराईले जानकारी दिए ।

आप्रवासी स्रोत केन्द्र र अन्य निकायको समन्वयमा जिल्लाका पीडितले २०७६ देखि हालसम्म चार वर्षमा रु छ करोड ४० लाख ३५ हजार पाँच सय क्षतिपूर्ति वापत रकम प्राप्त गरेको सुरक्षित आप्रवासन (सामी) का कार्यक्रम संयोजक भट्टराईले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र र प्रहरीको सहयोगमा रु ७२ लाख ५७ हजार पाँच सय, श्रम कार्यालय प्रदेशको सहयोगमा तीन लाख ३० हजार, पिपुल फोरमको सहयोगमा एक लाख र मृत्युसम्बन्धी क्षतिपूर्ति रु पाँच करोड ६३ लाख ४९ हजारसहित अन्य निकायको समन्वयमा रु छ करोड ४० लाख ३५ हजार पाँच सय क्षतिपूर्ति वापत रकम पाएको उनले बताए ।

सामीले आव २०७६/२०७७ देखि चालु आवसम्म सुनसरीबाट सामीमा परामर्श लिएर विदेश जाने १७ हजार नौ सय पुरुष र तीन हजार आठ सय ५५ महिला गरी २१ हजार सात सय ५५ रहेको उनले बताए । सामीले एक सय २९ पुरुष र ८७ महिलालाई निःशुल्क रुपमा सीपमूलक तालिम दिएको उनले बताए । सामीले यो तथ्याङ्क श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कमा आधारित भएको जनाएको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?