Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

ठगीमा परेका पीडित परिवारलाई क्षतिपूर्ति


१४ वैशाख ,इनरुवा । सुनसरीमा वैदेशिक रोजगारीको शिलसिलामा ठगीमा परेका परिवारलाई छ करोड क्षतिपूर्ति वापतको रकम पीडित परिवारलाई उपलब्ध गराइएको छ ।

पीडित परिवारले दिएको उजुरीका आधारमा सुनसरीमा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका पीडित परिवारलाई चार वर्षमा रु छ करोडभन्दा बढी रकम क्षतिपूर्ति वापत उपलब्ध गराइएको हो ।

वैदेशिक रोजगारका नाममा पीडित भएकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुनसरीमार्फत क्षतिपूर्ति वापतको रकम पाएको सामीका सुनसरी कार्यक्रम संयोजक धीरज भट्टराईले जानकारी दिए ।

आप्रवासी स्रोत केन्द्र र अन्य निकायको समन्वयमा जिल्लाका पीडितले २०७६ देखि हालसम्म चार वर्षमा रु छ करोड ४० लाख ३५ हजार पाँच सय क्षतिपूर्ति वापत रकम प्राप्त गरेको सुरक्षित आप्रवासन (सामी) का कार्यक्रम संयोजक भट्टराईले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र र प्रहरीको सहयोगमा रु ७२ लाख ५७ हजार पाँच सय, श्रम कार्यालय प्रदेशको सहयोगमा तीन लाख ३० हजार, पिपुल फोरमको सहयोगमा एक लाख र मृत्युसम्बन्धी क्षतिपूर्ति रु पाँच करोड ६३ लाख ४९ हजारसहित अन्य निकायको समन्वयमा रु छ करोड ४० लाख ३५ हजार पाँच सय क्षतिपूर्ति वापत रकम पाएको उनले बताए ।

सामीले आव २०७६/२०७७ देखि चालु आवसम्म सुनसरीबाट सामीमा परामर्श लिएर विदेश जाने १७ हजार नौ सय पुरुष र तीन हजार आठ सय ५५ महिला गरी २१ हजार सात सय ५५ रहेको उनले बताए । सामीले एक सय २९ पुरुष र ८७ महिलालाई निःशुल्क रुपमा सीपमूलक तालिम दिएको उनले बताए । सामीले यो तथ्याङ्क श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कमा आधारित भएको जनाएको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?