Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ


वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री बानियाँले विकास, निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न पनि तीन वटै तहका सरकारले सचेत गराउनु भयो । उहाँले विधि र प्रक्रिया नपु¥याई टेन्डर आह्वान गर्ने कामले पनि विकास, निर्माणको कामले गति लिन नसकेको बताउनु भयो । मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीहरुलाई बैंकहरु पनि पछिल्लो समय दुःख दिने गरेको समेत बताउनु भयो । उहाँले भन्नुभयो,‘निर्माण व्यवसायीमाथि अहिले समय समयमा राज्यको आतंक बढेको छ । र एउटा मानवीय व्यवहार पनि नरहेको अवस्था छ । र कहीँ निर्माण व्यवसायीहरुको आफ्नो त्रुटी होला । कहीँ राज्यको त्रुटी होला । दुवै पक्षको त्रुटीलाई सुधार गरेर देश, प्रदेश र स्थानीय तहलाई तीन तहको सरकारले गर्ने कार्य र टेन्डर प्रक्रियालाई व्यवस्थित गरेर लैजानुपर्दछ । देश स्टन्टबाजीले चल्दैन । विधिको शासन र कानूनी राज्य छ देशमा । कानूनलाई परिमार्जन गरौ । तर स्टन्टबाजीलाई बन्द गरौँ । निर्माण व्यवसायीहरुले विभिन्न ठाउँमा दुःख पाएको अवस्था छ । कहीँ निर्माण व्यवसायीहरुको कमजोरी होला । देशको मन्त्री, प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, चाहे गाउँपालिकाका अध्यक्ष जो कसैलाई पनि आफनो काम देखाउनुछ भनेर भटाभट टेण्डर निकाल्ने काम पनि गर्नु हुँदैन ।’ मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री, मन्त्रीले समेत आफूले काम गरेको देखाउनका लागि गैरकानूनी ढंगले टेन्डर आह्वान गर्नेलगायतका कामहरु गरिरहेको भन्दै आपत्ति जनाउनु भयो ।

काठमाडौँ। वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री बानियाँले विकास, निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न पनि तीन वटै तहका सरकारले सचेत गराएका छन् । उनले विधि र प्रक्रिया नपुर्याई टेन्डर आह्वान गर्ने कामले पनि विकास, निर्माणको कामले गति लिन नसकेको बताए । मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीहरुलाई बैंकहरु पनि पछिल्लो समय दुःख दिने गरेको समेत बताएका छन् ।

उनले भने,‘निर्माण व्यवसायीमाथि अहिले समय समयमा राज्यको आतंक बढेको छ । र एउटा मानवीय व्यवहार पनि नरहेको अवस्था छ । र कहीँ निर्माण व्यवसायीहरुको आफ्नो त्रुटी होला । कहीँ राज्यको त्रुटी होला । दुवै पक्षको त्रुटीलाई सुधार गरेर देश, प्रदेश र स्थानीय तहलाई तीन तहको सरकारले गर्ने कार्य र टेन्डर प्रक्रियालाई व्यवस्थित गरेर लैजानुपर्दछ । देश स्टन्टबाजीले चल्दैन । विधिको शासन र कानूनी राज्य छ देशमा । कानूनलाई परिमार्जन गरौ । तर स्टन्टबाजीलाई बन्द गरौँ । निर्माण व्यवसायीहरुले विभिन्न ठाउँमा दुःख पाएको अवस्था छ । कहीँ निर्माण व्यवसायीहरुको कमजोरी होला । देशको मन्त्री, प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, चाहे गाउँपालिकाका अध्यक्ष जो कसैलाई पनि आफनो काम देखाउनुछ भनेर भटाभट टेण्डर निकाल्ने काम पनि गर्नु हुँदैन ।’

मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री, मन्त्रीले समेत आफूले काम गरेको देखाउनका लागि गैरकानूनी ढंगले टेन्डर आह्वान गर्नेलगायतका कामहरु गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।


प्रकाशित मिति: ४ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?