Trending
>>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ?
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा


इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी केन्द्रीय समिति निर्वाचनमा सचिव पदका लागि केन्द्रीय सदस्य तथा अनुभवी शिक्षा परामर्श व्यवसायी सुरज सिलवाल ले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

यही पुस २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै सिलवालले आफ्नो १५ वर्षभन्दा लामो व्यावसायिक अनुभव, संस्थागत निष्ठा र नेतृत्व क्षमतालाई आधार बनाएर उम्मेदवारी अघि सार्नुभएको हो। शिक्षा परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने लक्ष्यसहित उहाँले कनेक्ट ग्लोब एजुकेशन ग्रुप (सीजीईजी) स्थापना गरी निरन्तर रूपमा गुणस्तरीय सेवा प्रदान गर्दै आउनुभएको छ।

शैक्षिक परामर्श व्यवसायमा विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सरोकार हुने भएकाले नैतिकता, पारदर्शिता र उत्तरदायित्व अपरिहार्य हुने धारणा राख्दै सिलवालले विद्यार्थी–केन्द्रित सेवामार्फत इक्यानको गरिमा अझ उँचो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

‘पछिल्लो १० वर्षदेखि साधारण सदस्यका रूपमा इक्यानसँग आबद्ध छु,’ सिलवालले भन्नुभयो, ‘गत महाधिवेशनमा इक्यानियनहरूको विश्वास र मायाका कारण उच्च मतसहित कार्यकारी सदस्यमा निर्वाचित हुन पाएको स्मरण सधैं प्रेरणाको स्रोत बनेको छ।’

आफ्नो दुई वर्षे कार्यकाल उपलब्धिमूलक रहेको दाबी गर्दै उहाँले अध्यक्षको नेतृत्वमा तयार पारिएका नीति, योजना र कार्यक्रम कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। अब सचिवको जिम्मेवारी पाएमा संस्थागत हितलाई केन्द्रमा राख्दै अझ प्रभावकारी ढंगले काम गर्ने उहाँको भनाइ छ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर इक्यानलाई एकताबद्ध, सबल र सदस्य–मैत्री संस्था बनाउने अठोटसहित उम्मेदवारी दिएको बताउँदै सिलवालले आफ्ना प्रतिबद्धता र कार्ययोजनाहरू पनि सार्वजनिक गर्नुभएको छ।

विगतको कार्यसम्पादन, वर्तमान प्रतिबद्धता र भावी योजनाको समग्र मूल्याङ्कन गरी साथ, सहयोग र अमूल्य मत प्रदान गर्न उहाँले सम्पूर्ण इक्यानियनहरूलाई आग्रह गर्नुभएको छ।

सिलवालका प्रमुख प्रतिबद्धता तथा कार्ययोजनाहरूः

-सम्पूर्ण ECAN सदस्यलाई संघका कार्यक्रमहरूमा नेतृत्वदायी भूमिकामा सहभागी गराउने।

-केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी शिक्षा परामर्श क्षेत्रसँग सम्बन्धित नवीकरण तथा स्वीकृति प्रक्रियालाई सरल बनाउने।

-विभिन्न देशका विश्वविद्यालय तथा कलेजहरूलाई नेपाल आमन्त्रण गरी अन्तर्राष्ट्रिय नेटवर्किङ विस्तार गर्ने।

-कार्यसमितिभित्र जिम्मेवारीको स्पष्ट विभाजन गर्दै कार्यक्रमहरू परिणाममुखी बनाउने।

-केन्द्रदेखि शाखासम्म सदस्य–केन्द्रित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने।

-ECAN शाखाहरूलाई सशक्त बनाउँदै सूचना, नेटवर्किङ र व्यवसायिक अवसर सुनिश्चित गर्ने।

-प्रायोजक व्यवस्थापनमार्फत केन्द्र र शाखालाई आर्थिक रूपमा मजबुत बनाउने।

-“The Knowledge House” अभियानमार्फत कोष संकलन गरी ECAN को आफ्नै भवन निर्माणतर्फ ठोस पहल गर्ने।


प्रकाशित मिति: १८ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?