Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

विकास र वातावण संरक्षणसम्बन्धी धेरै फैसला भएको छ : कामु प्रधानन्यायाधीश कार्की


१४ वैशाख ,काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले विकासका गतिविधि र वातावरण संरक्षणबीच सन्तुलन सुनिश्चित गर्न धेरै पटक फैसला गरेको बताएका छन् । न्यायिक प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘वन र संरक्षित क्षेत्र र न्यायशास्त्र’ सम्बन्धी क्षेत्रीय गोष्ठीको उद्घाटन गर्दै उनले विकासका गतिविधिले वातावरणलाई हानि पु¥याउन नहुने कुरा स्पष्ट पारे ।

“वातावरणसम्बन्धी कानूनलाई बढी प्रवर्द्धन गर्न खोजेको छ, कहिलेकाहीँ वातावरणीय कुरालाई मौलिक अधिकारका रूपमा मान्यता दिइएन”, उनले भने, “सार्वजनिक सरोकारका मुद्दामार्फत सिधँ अदालतमा पुग्न मुद्दाका बारम्बार व्याख्या गरिएको छ, स्वस्थ वातावरणको अधिकार अन्य मानव अधिकारको उपभोगका लागि पूर्वशर्त हो ।”

नेपालमा धेरैजसो वातावरणीय नीति र कानून न्यायिक निर्णयको परिणाम हुन् भन्ने कुरामा कुनै अतिरञ्जना नभएको उल्लेख गर्दै उनले नेपालका न्यायपालिका तुलनात्मकरूपमा सरकारका प्रशासनिक निर्णयलाई निर्देशन जारी गर्ने कार्यमा बढी सक्रिय भएको बताए ।

“सङ्घीय स्थापनासँगै, निजी संरक्षित क्षेत्र तथा आदिवासी र सामुदायिक संरक्षित क्षेत्रको नयाँ प्रकारको शासन व्यवस्थाका लागि कानूनद्वारा सक्षम हुन नयाँ दृष्टिकोण आवश्यक पर्नेछ”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “सीमापार संरक्षित क्षेत्रले राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्झौता समावेश गर्ने अन्तर–राज्य सहयोगका लागि अवसर प्रदान गर्दछ ।”

जलवायु परिवर्तनले पारिस्थतिक प्रणालीभित्र र बीचमा अन्तरसम्बन्ध सुनिश्चित गर्ने करिडोर सिर्जना गरी अनुकूलन र न्यूनीकरण दुवैलाई समायोजन गर्न संरक्षित क्षेत्र कानूनी ढाँचाको निर्माण गर्नुपर्ने र संरक्षित क्षेत्र प्रणालीलाई दिगो बनाउनेपर्नेमा उनले जोड दिए ।

कामु प्रधानन्यायाधीश कार्कीले विकासोन्मुख देशहरूको सहयोग वातावरणीय जोखिम न्यूनीकरणका साथै अन्य विभिन्न प्राविधिक क्षेत्रमा पनि विभिन्न तहमा उपलब्ध गराउनुपर्ने र विश्वभरका सरोकारवालाले तुरुन्तै कदम चाल्न र जलवायु परिवर्तनको प्रभावलाई कम गर्न समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए ।

उनले हरितगृह ग्यास मिसन घटाएर न्यून कार्बन अर्थतन्त्रका लागि मार्ग प्रशस्त गर्न, स्वच्छ ऊर्जा समाधानमा बढी पहुँच प्रदान गर्न वातावरणीय ह्रासको योगदानकर्ताको अवधारणालाई साझा तर विभेदित प्रतिवेदनको सिद्धान्तका आधारमा दृढताका साथ विचार गर्नुपर्नेमा जोड दिए । आजदेखि तीन दिनसम्म चल्ने गोष्ठीमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भूटान र माल्दिभ्सका उक्त विषयका विद्हरू सहभागी छन् ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?