Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने


स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न र नागरिकलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउन सरकारले स्वदेशी उत्पादकहरूबाट एकमुष्ट (बल्कमा) औषधि खरिद गर्ने नीति ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले औषधिको मूल्य र खरिद प्रक्रियामा रहेको विरोधाभासपूर्ण अवस्थालाई अन्त्य गर्न सरकारले उत्पादकहरूसँग सिधै खरिद गर्ने अवधारणा अघि सारेको बताउनुभएको हो । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हाल नेपालमा एकातिर सर्वसाधारणलाई औषधि अत्यन्तै महँगो परिरहेको र अर्कोतिर कच्चा पदार्थको मूल्य बढे पनि उत्पादकहरूले पुरानै मूल्यमा औषधि बेच्नुपर्दा मर्कामा परेको गुनासो आइरहेको बताउनु भयो । मन्त्री गौतमले ‘विन–विन’ (दुवै पक्षलाई फाइदा हुने) समाधान खोजिएको बताउनु भयो । भारतमा सञ्चालित ‘प्रधानमन्त्री जनऔषधि कार्यक्रम’मा ८० प्रतिशतसम्म छुटमा औषधि विक्री भइरहेको उदाहरण दिँदै उहाँले नेपालमा पनि त्यस्तै मोडल लागू गर्न सकिने बताउनु भयो । यस विषयमा आफूले निजी क्षेत्रका औषधि उत्पादकहरूसँग छलफल गरिसकेको र उहाँहरू सकारात्मक रहेको मन्त्री गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो मन्त्रालयका धेरै साथीहरू खरिद प्रक्रियाकै कारण निलम्वित हुनुपरेको दुःखद् अवस्था छ । मेडिकल उपकरण र औषधि खरिदमा ठूलो समस्या छ । यसलाई सुधार्न मैले बीमा, औषधि व्यवस्थापन र खरिद प्रक्रियालाई मुख्य प्राथमिकतामा राखेको छु । मैले उत्पादक साथीहरूलाई सोधेँ– सरकारले एकमुष्ट रूपमा बल्कमा औषधि किनिदिने हो भने तपाईंहरूको मार्केटिङ (बजारीकरण) खर्च त लाग्दैन, के तपाईंहरू सस्तोमा दिन सक्नुहुन्छ ? उहाँहरूले निश्चित परिमाण र समय पहिल्यै थाहा भएमा गुणस्तरीय औषधि सस्तोमै दिन सकिने प्रतिबद्धता जनाउनुभएको छ ।’ सरकारले सिधै उद्योगबाट ठूलो मात्रामा औषधि खरिद गर्दा उद्योगीहरूको मार्केटिङ र कमिसन खर्च जोगिने र सोही कारण सरकारले सस्तोमा औषधि प्राप्त गर्ने उहाँको भनाइ छ । यसरी खरिद गरिएको औषधिको गुणस्तर सरकारी प्रयोगशालाले प्रमाणित गरेपछि बीमा कार्यक्रममार्फत जनतालाई सस्तो र सुलभ रूपमा वितरण गरिने मन्त्री गौतमले स्पष्ट पार्नुभयो ।

काठमाडौँ ।स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न र नागरिकलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउन सरकारले स्वदेशी उत्पादकहरूबाट एकमुष्ट (बल्कमा) औषधि खरिद गर्ने नीति ल्याउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले औषधिको मूल्य र खरिद प्रक्रियामा रहेको विरोधाभासपूर्ण अवस्थालाई अन्त्य गर्न सरकारले उत्पादकहरूसँग सिधै खरिद गर्ने अवधारणा अघि सारेको बताउनुभएको हो । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हाल नेपालमा एकातिर सर्वसाधारणलाई औषधि अत्यन्तै महँगो परिरहेको र अर्कोतिर कच्चा पदार्थको मूल्य बढे पनि उत्पादकहरूले पुरानै मूल्यमा औषधि बेच्नुपर्दा मर्कामा परेको गुनासो आइरहेको बताउनु भयो । मन्त्री गौतमले ‘विन–विन’ (दुवै पक्षलाई फाइदा हुने) समाधान खोजिएको बताउनु भयो । भारतमा सञ्चालित ‘प्रधानमन्त्री जनऔषधि कार्यक्रम’मा ८० प्रतिशतसम्म छुटमा औषधि विक्री भइरहेको उदाहरण दिँदै उहाँले नेपालमा पनि त्यस्तै मोडल लागू गर्न सकिने बताउनु भयो । यस विषयमा आफूले निजी क्षेत्रका औषधि उत्पादकहरूसँग छलफल गरिसकेको र उहाँहरू सकारात्मक रहेको मन्त्री गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो मन्त्रालयका धेरै साथीहरू खरिद प्रक्रियाकै कारण निलम्वित हुनुपरेको दुःखद् अवस्था छ । मेडिकल उपकरण र औषधि खरिदमा ठूलो समस्या छ । यसलाई सुधार्न मैले बीमा, औषधि व्यवस्थापन र खरिद प्रक्रियालाई मुख्य प्राथमिकतामा राखेको छु । मैले उत्पादक साथीहरूलाई सोधेँ– सरकारले एकमुष्ट रूपमा बल्कमा औषधि किनिदिने हो भने तपाईंहरूको मार्केटिङ (बजारीकरण) खर्च त लाग्दैन, के तपाईंहरू सस्तोमा दिन सक्नुहुन्छ ? उहाँहरूले निश्चित परिमाण र समय पहिल्यै थाहा भएमा गुणस्तरीय औषधि सस्तोमै दिन सकिने प्रतिबद्धता जनाउनुभएको छ ।’

सरकारले सिधै उद्योगबाट ठूलो मात्रामा औषधि खरिद गर्दा उद्योगीहरूको मार्केटिङ र कमिसन खर्च जोगिने र सोही कारण सरकारले सस्तोमा औषधि प्राप्त गर्ने उहाँको भनाइ छ । यसरी खरिद गरिएको औषधिको गुणस्तर सरकारी प्रयोगशालाले प्रमाणित गरेपछि बीमा कार्यक्रममार्फत जनतालाई सस्तो र सुलभ रूपमा वितरण गरिने मन्त्री गौतमले स्पष्ट पार्नुभयो । ।


प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?