काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीभित्र विचार, संगठन र व्यवहारमा कमजोरी देखिएको भन्दै आत्मसमीक्षाको आवश्यकता औंल्याएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पाँच वर्षअघि पार्टी ‘क्लाइमेक्स’ अर्थात् उचाइमा रहेको र जनतामा अभूतपूर्व उत्साह रहेको स्मरण गरेका छन्। त्यस समय पार्टी मिलेको, जनसमर्थन बलियो रहेको र उत्साह उच्च रहेको उनको भनाइ छ। तर अहिले भने परिस्थिति फरक भएको उनको संकेत छ। बास्कोटाले अहिले विचार, संगठन र व्यवहार तीनै क्षेत्रमा कमजोरी देखिएको उल्लेख गरेका छन्। उनले नारा, स्लोगन र चिनियाँ शैलीको ‘नक्कल’ गरेर मात्रै सफलता प्राप्त गर्न नसकिने स्पष्ट बताएका छन्।
उनले यस्तो प्रवृत्ति दोहोरिए पार्टीले अपेक्षित सफलता हासिल गर्न नसक्ने चेतावनीसमेत दिएका छन्। बास्कोटाको यो टिप्पणीलाई एमालेभित्र आत्मसमीक्षा र सुधारको सन्देशका रूपमा समेत हेरिएको छ।
उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा पार्टीको वर्तमान अवस्था र भविष्यबारे विभिन्न प्रतिक्रिया देखिन थालेका छन्।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहीबार