Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन


जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन

एजेन्सी । जापानी प्रधानमन्त्री सानाए ताकाइचीको सरकारले अघि बढाएका मिसाइल तैनाथी र घातक हतियार निर्यातलाई सहज बनाउने जस्ता नीतिहरूको विरोध गर्न मध्य टोकियोमा करिव १० हजार मानिसहरू भेला भएका छन् ।

चिसो मौसमको बाबजुद, जापानको राष्ट्रिय डायट (संसद) भवन बाहिर प्रदर्शनकारीहरूले युद्ध चाहिँदैन र संविधान कुल्चिन बन्द गर लेखिएका प्लेकार्डहरू बोकेका थिए । उनीहरूले देशको शान्तिवादी सिद्धान्तहरूप्रति आफ्नो प्रतिवद्धतालाई पुनः पुष्टि गर्दै जापानको संविधानको धारा ९ पनि सामूहिक रूपमा पढेर सुनाए । अघिल्ला विरोध प्रदर्शनहरूको तुलनामा यस ¥यालीमा युवा सहभागीहरूको ठूलो संख्या देखियो ।

एक प्रदर्शनकारी, अया यासुईले भर्खरै जापानको रक्षा मन्त्रालयले कुमामोतो प्रिफेक्चरमा लामो दूरीको मिसाइल लन्चरहरू तैनाथ गरेकोमा चिन्ता व्यक्त गरिन् ।


प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?