Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

मैथली भाषामा पाठ्यपुस्तक निर्माण


१४ वैशाख ,गोलबजार । सप्तरीको बोदे बर्साइन नगरपालिकाले स्थानीयस्तरको विषयवस्तुलाई समेटेर मैथली भाषामा पाठ्यपुस्तक निर्माण गरेको छ । नगरपालिकाले शिक्षक निर्देशिका भने नेपाली भाषामा तयार गरेको छ ।

पालिकाभित्रका विभिन्न विषय वस्तुलाई विद्यालयमा अध्यापन गराउन स्थानीय तहले पाठ्यक्रम तयार गरेर सोहीअनुसार पाठ्यपुस्तक विद्यालयमा पठनपाठन गराउने तथा तयार पारिएको आधारभूत तहको स्थानीय पाठ्यक्रम स्वीकृतको क्रममा रहेको नगर शिक्षा शाखाले जनाएको छ ।

एकीकृत पाठ्यक्रममा आधारित कक्षा १ देखि ८ सम्मका पाठ्यक्रम निर्माण गरिएको छ । कक्षा १ देखि ३ सम्म एकीकृत ढाँचामा तयार गरिएको पाठ्यपुस्तक निर्माण गरेर शैक्षिक सत्र २०८० मा परीक्षणका रुपमा कक्षा १ मा मात्र लागू हुने नगर शिक्षा अधिकृत रामसागर यादवले बताए ।

उनका अनुसार नगर कार्यपालिकाको बैठकले आधारभूत तहको पाठ्यक्रम स्वीकृत गरेपछि कार्यान्वयनको चरणमा जाने छ । “पाठ्यपुस्तक निर्माणका लागि भाषा विज्ञ तथा स्रोत शिक्षक एवं पाठ्यक्रम विकास केन्द्रका अनुभवी पाठ्यक्रम विद् तथा जनप्रतिसँग छलफल गरी तयार पारिएको छ, अब यसलाई कार्यान्वयन गरिने छ”, यादवले भने ।

तयार पारिएका पाठ्यक्रममा मैथली भाषाको आफ्नैै तिरुहुत लिपिको विषयवस्तु समेटिएको छ । पाठ्यक्रममा स्थानीय तहमा रहेका सांस्कृतिक पक्ष तथा प्रर्याप्त मात्रामा मैथली शब्दार्थ प्रयोग गरिएको छ । स्थानीय आवश्यकताअनुसारको विषयवस्तु भएको हुँदा सिकारुका लागि रोचक विषय हुने विश्वास स्थानीय अधिकारीले गरेका छन् ।

नेपालको संविधानको मौलिक हकअनुसार मातृ भाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था गरिएको छ । सोहीअनुरुप नगरभित्र रहेका ३० वटै सामुदायिक विद्यालयमा राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार आधारभूत तहका विद्यालयमा मातृ भाषामा स्थानीय विषयको पाठ्यक्रम लागू गर्ने नगरपालिकाका शिक्षा शाखाले जनाएको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?