Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मैथली भाषामा पाठ्यपुस्तक निर्माण


१४ वैशाख ,गोलबजार । सप्तरीको बोदे बर्साइन नगरपालिकाले स्थानीयस्तरको विषयवस्तुलाई समेटेर मैथली भाषामा पाठ्यपुस्तक निर्माण गरेको छ । नगरपालिकाले शिक्षक निर्देशिका भने नेपाली भाषामा तयार गरेको छ ।

पालिकाभित्रका विभिन्न विषय वस्तुलाई विद्यालयमा अध्यापन गराउन स्थानीय तहले पाठ्यक्रम तयार गरेर सोहीअनुसार पाठ्यपुस्तक विद्यालयमा पठनपाठन गराउने तथा तयार पारिएको आधारभूत तहको स्थानीय पाठ्यक्रम स्वीकृतको क्रममा रहेको नगर शिक्षा शाखाले जनाएको छ ।

एकीकृत पाठ्यक्रममा आधारित कक्षा १ देखि ८ सम्मका पाठ्यक्रम निर्माण गरिएको छ । कक्षा १ देखि ३ सम्म एकीकृत ढाँचामा तयार गरिएको पाठ्यपुस्तक निर्माण गरेर शैक्षिक सत्र २०८० मा परीक्षणका रुपमा कक्षा १ मा मात्र लागू हुने नगर शिक्षा अधिकृत रामसागर यादवले बताए ।

उनका अनुसार नगर कार्यपालिकाको बैठकले आधारभूत तहको पाठ्यक्रम स्वीकृत गरेपछि कार्यान्वयनको चरणमा जाने छ । “पाठ्यपुस्तक निर्माणका लागि भाषा विज्ञ तथा स्रोत शिक्षक एवं पाठ्यक्रम विकास केन्द्रका अनुभवी पाठ्यक्रम विद् तथा जनप्रतिसँग छलफल गरी तयार पारिएको छ, अब यसलाई कार्यान्वयन गरिने छ”, यादवले भने ।

तयार पारिएका पाठ्यक्रममा मैथली भाषाको आफ्नैै तिरुहुत लिपिको विषयवस्तु समेटिएको छ । पाठ्यक्रममा स्थानीय तहमा रहेका सांस्कृतिक पक्ष तथा प्रर्याप्त मात्रामा मैथली शब्दार्थ प्रयोग गरिएको छ । स्थानीय आवश्यकताअनुसारको विषयवस्तु भएको हुँदा सिकारुका लागि रोचक विषय हुने विश्वास स्थानीय अधिकारीले गरेका छन् ।

नेपालको संविधानको मौलिक हकअनुसार मातृ भाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था गरिएको छ । सोहीअनुरुप नगरभित्र रहेका ३० वटै सामुदायिक विद्यालयमा राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार आधारभूत तहका विद्यालयमा मातृ भाषामा स्थानीय विषयको पाठ्यक्रम लागू गर्ने नगरपालिकाका शिक्षा शाखाले जनाएको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?