काठमाडौँ।त्रिभूवन विश्वविद्यालय परिसरमा निर्माण कार्य अवरुद्ध गर्दै व्यवसायी र श्रमिकमाथि धम्क्याउने कार्य भएको भन्दै काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले सुरक्षाको माग गरेको छ । कीर्तिपुर नगरपालिका क्षेत्रभित्र विश्वविद्यालय परिसरमा सञ्चालन भइरहेका निर्माण कार्यमा केही विद्यार्थी समूहले हस्तक्षेप गरी निर्माण स्थलमा हुलहुज्जत गरेर व्यवसायी, श्रमिकलाई धम्काएपछि संघले सुरक्षाको माग गरेको हो
ललितपुर। ललितपुर महानगरपालिकालाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको छ । महानगरले बिहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । महानगरले संगीतको माध्यमबाट नगरवासीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्नसक्ने महशुस गरी संगीतको विधामा रम्परागत संगितको संरक्षण गर्र्दै समकालिन संगीतलाई युनेस्को सिर्जनात्मक शहरहरुको सञ्जालको सदस्यताको लागि पहल गरेको थियो ।
काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले पूर्णरुपमा बन्द गरेका छन् । विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण बन्द गरेका हुन् । आफूहरुको माग पूरा नभएसम्मका लागि पानी पथान्तरण पूर्णरुपमा बन्द गरेको स्थानीयले बताएका छन् । मेलम्ची नदी हेलम्बुबाट पानी
सिरहा। कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीमा अनौठो भूत मेला भएको छ । कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराकाबीच भक्तजनहरु आकर्षित गर्ने गर्छ । शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भूत मेला लाग्ने गरेको छ ।
काठमाडौं। काठमाडौंका धोविखोला, वागमती नदी किनारका बनेका अवैधानिक संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले सात दिने सूचना जारी गरेपछि हलचल मच्चिएको छ । खसगरी नदी किनारा आसपासमा अतिक्रमण गरेर बसेकाहरुलाई हटाउने हिसावले अवैध संरचना हटाउन सूचना जारी गरेपछि सुकुम्वासी समुदायले कडा आपत्ति जनाएको छ । संयुक्त राष्ट्रिय
काठमाडौँ। धोबिखोला करिडोरदेखि वागमती आसपासका अवैध संरचना हटाइने भएको छ । काठमाडौं उपत्यका प्राधिकरणकाअनुसार धोविखोला, वागमती नदि आसपासमा सार्वजनिक जग्गामा संरचना बनाएर अवैध रुपमा बसेकाहरुलाई हटाउन लागिएको हो । लामो समयदेखि मौखिक रुपमा त्यस्ता संरचना बनाएर बसेकाहरुलाई हट्न भनिएपनि सुनुवाई नभएपछि ७ दिने अल्टिमेटम दिइएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले
काठमाडौं। काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको वन्ध्याकरण कार्यक्रम शुरु गरेको छ । महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि पाँचवटा संघसंस्थासँग सम्झौता भइसकेको छ । छनोट भएका ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकिएको बताइएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई वन्ध्याकरण तथा
जनकपुरधाम। आउँदो मंसिर ९ गते हुने विवाहपञ्चमी महोत्सवको तयारी स्वरुप जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । सर्वपक्षीय बैठकबाट प्रत्येक वर्ष जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय गरिएको हो । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षतामा भएको बैठकमा विवापञ्चमी महोत्सवलाई व्यवस्थित बनाउनका
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरितका संरचना खाली गर्न सात दिनको अल्टिमेटम दिएको छ । काठमाडौं महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणले (आज) शुक्रवार संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो । महानगर र प्राधिकरणले असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र
काठमाडौँ। नेपालको सांस्कृतिक विविधतामा खानपानले महत्वपूर्ण भुमिका खेल्छ । पहाडी क्षेत्रमा मनाइने तिहारको सेलरोटी र तराई क्षेत्रमा प्रचलित छठ पर्वको ठेकुवा जस्ता परम्परागत स्वादहरूले देशका विभिन्न भूभागलाई जोड्ने काम गरेका छन् । यी दुवै मिठाईहरूले नेपाली एकताको प्रतीक बनेका छन् । जसले तराई र पहाडका समुदायहरूलाई सांस्कृतिक रूपमा नजिक ल्याउँछन्