Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जेन–जी विद्रोहले उठाएका मागहरु पूरा गर्नु अपरिहार्य भएको समेत उहाँको भनाइ छ । उहाँले मुलुकमा सुशासन कायम गर्ने, जेन–जीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने रास्वपा सरकारसँगै रहेको स्पष्ट पार्नुभयो । उहाँले जेन–जी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने समेत बताउनु भयो । निर्वाचन विथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी उहाँले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन । जेन–जी विद्रोहले गरेका अपेक्षा पुरा गर्नुको समेत विकल्प छैन । हामीले सरकारलाई भनेका छौँ जेनजीका माग पूरा गर्ने सन्दर्भमा, सुशासन कायम गर्ने सन्दर्भमा र निर्वाचन गराउने सन्दर्भमा सरकारले म एक्लै छु भन्नु पर्दैन । रास्वपा पनि सँगै छ । तर सरकारले यो पनि बुझ्नुपर्छ कि त्यो निःशर्त होइन । जेन–जी विद्रोहमा जुन हाम्रो दाजुभाईले ज्यान गुमाए त्यो बिर्सन पाइँदैन । त्योसँगै निर्वाचन सम्पन्न गर्नुपर्ने छ । निर्वाचन विथोल्नका निमित्त भागेका केही शक्तिहरु लागिपरेका छन् । त्यस्तो गर्न जरुरी छैन, पार्टीको चुनाव जितेसँगै आम चुनाव पनि जिते भैगो नि ।’ उहाँले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्तिहरु आफ्नो रोटि सेक्ने प्रयास गरिरहेको भन्दै वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भयो ।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै जेन–जी विद्रोहले उठाएका मागहरु पूरा गर्नु अपरिहार्य भएको बताएका छन्। मुलुकमा सुशासन कायम गर्ने, जेन–जीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने रास्वपा सरकारसँगै रहेको स्पष्ट पार्दै जेन–जी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने समेत बताएका छन् । निर्वाचन विथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी गर्दै उनले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिएका छन् ।

उनले भने, ‘यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन । जेन–जी विद्रोहले गरेका अपेक्षा पुरा गर्नुको समेत विकल्प छैन । हामीले सरकारलाई भनेका छौँ जेनजीका माग पूरा गर्ने सन्दर्भमा, सुशासन कायम गर्ने सन्दर्भमा र निर्वाचन गराउने सन्दर्भमा सरकारले म एक्लै छु भन्नु पर्दैन । रास्वपा पनि सँगै छ । तर सरकारले यो पनि बुझ्नुपर्छ कि त्यो निःशर्त होइन । जेन–जी विद्रोहमा जुन हाम्रो दाजुभाईले ज्यान गुमाए त्यो बिर्सन पाइँदैन । त्योसँगै निर्वाचन सम्पन्न गर्नुपर्ने छ । निर्वाचन विथोल्नका निमित्त भागेका केही शक्तिहरु लागिपरेका छन् । त्यस्तो गर्न जरुरी छैन, पार्टीको चुनाव जितेसँगै आम चुनाव पनि जिते भैगो नि ।’

उनले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्तिहरु आफ्नो रोटि सेक्ने प्रयास गरिरहेको भन्दै वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ६ पुष २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?