Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं


जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं

काठमाडौँ। नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरु र जेन–जी युवा पुस्ताका मागहरु सम्बोधन नभए अगामी २१ फागुनमा निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले नागरिक बचाउ अभियान अघि सार्दै आएका मागहरु पूरा गर्न सरकारलाई यही पुस १० गतेसम्मको अल्टिमेटम समेत दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूलाई वार्ताको नाममा जिस्क्याउने काम नगर्न समेत आग्रह गरेका छन् । उनले आफूहरुको अभियानलाई ६० भन्दा बढी राजनीतिक दल र जेनजी पुस्ताको समेत समर्थन रहेको पनि बताएका छन् ।

उनले भने, ‘म सम्माननीय प्रधानमन्त्री र गृहमन्त्रीज्यूलाई के भन्छु भने तपाईहरु हामीलाई नजिस्कयाउनुस् । हामीलाई अहिले ६० वटा दलले साथ दिइसकेको छ । चुनाव नगराउने हाम्रो पक्षमा जेनजी भाईहरुको पनि साथ छ । हाम्रा र जेनजीका मागहरु पूरा हुन्छन् भने यो देशमा फेरी चुनाव हुन्छ । नभए चुनाव किन चाहियो ? फेररि तिनै मान्छेलाई ल्याउनलाई ? त्यसकारण फागुन २१ गते चुनाव हुदैन । त्यसको लागि तयारी गर्नु बेकार हो । हामीले सरकारलाई १० गतेसम्मको समय दिएका छौँ । यदि यो बीचमा हामीलाई बोलाएर माग पुरा गर्न तत्पर भएन भने निर्वाचन हुन दिँदैनौँ ।’

उनले कार्की नेतृत्वको वर्तमान सरकार पश्चिमाहरुको डिजाइनमा बनेको आरोप समेत लगाएका छ ।


प्रकाशित मिति: ६ पुष २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?