Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति


आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति

काठमाडौँ। आगामी एसियन गेम्स र लस एञ्जलस ओलम्पिकको तयारीका लागि विभिन्न आठ खेलका १४ जना खेलाडीले छात्रवृत्ति पाउने भएका छन् ।

नेपाल ओलम्पिक कमिटी(एनओसी) ले शुक्रबार पत्रकार सम्मेलनमार्पmत विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने जनाएको हो । एनओसीले ब्याडमिन्टन, उसु, साइक्लिङ, टेबल टेनिस, टेनिस, जुडो, स्पोर्ट्स क्लाइम्बिङ र पौडीका खेलाडीलाई छात्रवृत्ति दिने भएको छ । एनओसीले लस एञ्जलस ओलम्पिकका लागि ८ जना, आइची नागोया एसियन गेम्सका लागि पाँच जना र युथ गेम्सको लागि उसुकी रश्मि घिसिङलाई छात्रवृत्ति प्रदान गरेको छ ।

एनओसीले छात्रवृत्ति प्रदानका गरेको खेलमध्ये टेबल टेनिस, टेनिस, पौडी र साइक्लिङमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी समानान्तर दुई संघका छन् । एनओसीको छात्रवृत्ति पनि विवादमा परेका खेल संघहरू नै प्राथमिकतामा देखिएको छ । एनओसीले शुक्रवार भएको कार्यक्रममा खेलाडी, परिवार र सम्बन्धित संघसँग सम्झौता गरेको हो । लस एञ्जलस ओलम्पिकको लागि ब्याडिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी सिभाली थापा, स्पोट्र्स क्लाइम्बिङकी तेन्जिङ राई र पौडीका एर्भिन श्रेष्ठ छन् । यी खेलाडीले संघमार्फत हरेक चौमाषिकमा अमेरिकी डलर ११ सय २५ पाउनेछन् । आगामी एसियन गेम्सको लागि आर्चरीका तिलक पुनमगर, बक्सिङका चन्द्रबहादुर थापा, करातेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उसुकी सुस्मिता तामाङ छन् ।

एशियन गेम्स र युथ ओलम्पिकका खेलाडीले भने ५० हजार रुपैया पाउने एनओसीका महासचिव राजीव श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: ४ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?