काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन् ।
प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निःवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले नेम्वाङसँग चुनावमा उठ्ने तयारी के छ भनेर राखेको जिज्ञासाको प्रतिक्रियामा नेम्वाङले चुनावको तयारी गरिरहेको बताएका छन् । प्रधानमन्त्री कार्कीले नेम्वाङलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा पनि राखेकी छिन् ।
भेटमा नेम्वाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्ता राजमार्ग र पुल पुनःनिर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराउदै प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन शुभकामना पनि दिएका छन् ।
प्रकाशित मिति: ६ पुष २०८२, आईतवार