Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

श्रमिकको सुरक्षा गर्न निर्माण व्यवसायी संघको माग


काठमाडौँ।त्रिभूवन विश्वविद्यालय परिसरमा निर्माण कार्य अवरुद्ध गर्दै व्यवसायी र श्रमिकमाथि धम्क्याउने कार्य भएको भन्दै काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले सुरक्षाको माग गरेको छ ।

कीर्तिपुर नगरपालिका क्षेत्रभित्र विश्वविद्यालय परिसरमा सञ्चालन भइरहेका निर्माण कार्यमा केही विद्यार्थी समूहले हस्तक्षेप गरी निर्माण स्थलमा हुलहुज्जत गरेर व्यवसायी, श्रमिकलाई धम्काएपछि संघले सुरक्षाको माग गरेको हो । संघद्वारा जारी विज्ञप्तिमा विद्यार्थीले निर्माण स्थलमा प्रवेश गरी निर्माण सामग्री फाल्ने, निर्माण व्यवसायी र श्रमिकहरूलाई शारीरिक तथा मानसिक रूपमा धम्क्याउने कार्य बन्द गर्न भनेको छ । विज्ञप्तिमा त्रिभूवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयको बोलपत्र प्रक्रियामार्फत “शुभ कामना निर्माण सेवा प्रा.लि.” निर्माण कम्पनीलाई भवन निर्माण कार्यको जिम्मा दिइएको उल्लेख गरिएको छ । संघले सो सम्झौताअनुसार कम्पनीले निर्माण कार्य अघि बढाइरहेको बेला विद्यार्थी समूहको हस्तक्षेपले निर्माण वातावरण विथोलिएको बताएको छ ।

संघका महासचिव पञ्च बहादुर तामाङ (विजय) द्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता गतिविधि तत्काल रोक्न र निर्माण व्यवसायी तथा श्रमिकहरूको सुरक्षाको व्यवस्था गर्न संवद्ध निकायलाई आग्रह गरिएको छ । साथै, निर्माण कार्य अवरुद्ध गर्ने, धम्की दिने तथा विकास विरोधी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही गर्न संघले जोडदार माग गरेको छ । संघले निर्माण कार्य कानूनअनुसार र सम्बन्धित निकायसँग समन्वयमा अघि बढाइएको उल्लेख गर्दै वातावरण सहज बनाई चाँडोभन्दा चाँडो निर्माण कार्य पुनः सुचारु गर्न विश्वविद्यालय प्रशासन र सरोकारवाला पक्षलाई अनुरोध गरेको छ ।

विज्ञप्तीमा भनिएको छ :
यही मिति २०८२/७/१७ गतेका दिन काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका क्षेत्र भित्र रहेको त्रिभुवन विश्वविद्यालयको परिसरमा निर्माण कार्यमा खटिएका. निर्माण व्यवसायी एंव. श्रमिकहरुप्रति केही विद्यार्थीहरुका हुलहुज्जतहरुले निर्माण कार्यस्थलमा प्रवेश गरी निर्माण सामाग्रीहरु फाल्ने र व्यवसायी एंव. श्रमिकहरुलाई गालिगलौज तथा धाकधकेल गर्ने जस्ता कार्यप्रति (घटनाप्रति) यस काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको ध्यानकर्षण भएको छ । त्रि.वि. रजिष्ट्ररको कार्यालयद्वारा आहवान भएको बोलपत्र अनुसारको चमेना गृह भवन निर्माण सम्बन्धी कार्यको निर्माण व्यवसायी पचली भैरव एण्ड मनकामना निर्माण सेवा प्रा.लि. र रजिष्ट्ररको कार्यालय बीच सम्झौता भई निर्माण कार्य सुरुवात गर्ने क्रममा केही विद्यार्थीहरुको झुण्डले निर्माण स्थलको वातावरण विथोल्ने र निर्माण व्यवसायीलाई आतांकित पार्ने गतिविधि गरेको हुँदा उक्त गतिविधि तत्काल रोक्न र निर्माण व्यवसायी तथा श्रमिकहरुको जिउधनको सुरक्षा गर्न हार्दिक अनुरोध गर्दछौं । वर्तमान अवस्थाको सम्दर्भमा निर्माण व्यवसायीले कबोल गरेको निर्माण कार्य सम्बन्धित कार्यालयसंग समन्वय गरी यथासक्य छिटो भन्दा छिटो निर्माण कार्य सुरुवात गर्ने वातावरण सिर्जना गर्न र विकास विरोधी दोषी तत्वलाई तत्काल कारवाही गरी कानूनी दायरमा लिन यस संघ जोडदार माग गर्दछौं ।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?