Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना


जेन–जी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेन–जी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ । संयुक्त जेन–जी आन्दोलन घोषणा गर्दै उहाँले सर्वपक्षिय सरकार आजको आवश्यकता भएको बताउनुभएको हो । उहाँले जेन–जी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताउनु भयो । तर सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको उहाँको आरोप छ । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि भएको उहाँले बताउनु भयो । उहाँले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका व्यक्त गर्नभयो । उहाँले निर्वाचन गराउनुलाई आन्दोलनको ठूलो उपलब्धि नठान्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले नेपालमा भएको समस्याको सही समाधान गर्न नसके देश बंगलादेशको स्थितिमा पुग्ने बताउनु भयो । राज्यमा सुरक्षा, न्याय र भरोसा नभएको उहाँको भनाई छ । उहाँले सरकारले देशलाई राजनितिक निकास दिने काम गर्न नसकेको पनि आरोप लगाउनु भयो । उहाँले सुशासन जेन–जी आन्दोलनको मुख्य माग भएपनि भ्रष्टाचारको फाईल खोल्न नसकेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले नै सार्वजानिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको पनि आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘यो आन्दोलन निर्वाचनको लागि मात्रै थिएन । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि थियो । यही अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउँछ की ? निर्वाचन गराउनु आन्दोलनको ठूलो उपलब्धि नमानियोस् । आज बंगलादेशको एउटा भिडियो सामाजिक सञ्जालमा भाईरल छ, जहाँ एउटा व्यक्तिलाई मारेर चोकैमा झुन्डाएर जलाईदिएको छ । यदी नेपालमा पनि समस्याको सही र समयमा समाधान भएन भने देश अराजकताको दिशातर्फ धकेलिने खतरा स्पष्ट छ । आज राज्य भएको अनुभुति छैन । भरोसा छैन, सुरक्षा छैन, अपन्वत्व छैन । असुरक्षा बढ्दो छ, त्यसैले आजको आवश्यकत्ता यस्तो राजनितिक नेतृत्वको हो, जसले सबै पक्षलाई विश्वासमा लिनसक्छ, संवाद गर्नसक्छ । न्याय दिन सकोस् र देशलाई शान्ति र स्थायित्व दिन सकोस् । यही माग आन्दोलनको सार हो । सर्वपक्षिय सरकार आजको आवश्यक्ता हो । हामीले १०० दिन देख्यौ सरकारको, यसले हाम्रो आन्दोलनको मर्म बोक्दैन, यसले हाम्रो नेतृत्व गर्न सक्दैन ।’ उहाँले सोमवार माईतीघरबाट आन्दोलन थाल्ने पनि जानकारी दिनुभयो । आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने उहाँले जानकारी दिनुभयो । देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने, शासकीय स्वरुपमा सुधार गर्नुपर्ने, विदेशमा रहेका नागरिकलाई मताधिकार दिनुपर्ने, शान्ति सुरक्षाको कायम गर्नुपर्ने, जेन–जी आन्दोलनमा संलग्नलाई धरपकट गर्न नहुने लगायतका माग राखेर आन्दोलन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । उहाँले रोजगारी सिर्जना गर्न जेन–जी आन्दोलन भएको भएपनि वर्तमान सरकार जेन–जीहरुलाई विदेश पठाउन तल्लिन रहेको आरोप पनि लगाउनु भयो ।

काठमाडौँ। जेन–जी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेन–जी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन्  ।

संयुक्त जेन–जी आन्दोलन घोषणा गर्दै उनले सर्वपक्षिय सरकार आजको आवश्यकता भएको बताउदै जेन–जी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको तर सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको आरोप् लगाएका छन् । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि भएको बताउदै उनले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका व्यक्त गरेका छन् । उनले निर्वाचन गराउनुलाई आन्दोलनको ठूलो उपलब्धि नठान्न पनि सरकारलाई आग्रह गरेका छन् ।

उनले नेपालमा भएको समस्याको सही समाधान गर्न नसके देश बंगलादेशको स्थितिमा पुग्ने बताउदै राज्यमा सुरक्षा, न्याय र भरोसा नभएको उनको भनाई छ । उनले सरकारले देशलाई राजनितिक निकास दिने काम गर्न नसकेको पनि आरोप लगाएका छन् । उनले सुशासन जेन–जी आन्दोलनको मुख्य माग भएपनि भ्रष्टाचारको फाईल खोल्न नसकेको बताउदै प्रधानमन्त्रीलेनै सार्वजानिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको पनि आरोप लगाएका छन् ।

उनले भने, ‘यो आन्दोलन निर्वाचनको लागि मात्रै थिएन । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि थियो । यही अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउँछ की ? निर्वाचन गराउनु आन्दोलनको ठूलो उपलब्धि नमानियोस् । आज बंगलादेशको एउटा भिडियो सामाजिक सञ्जालमा भाईरल छ, जहाँ एउटा व्यक्तिलाई मारेर चोकैमा झुन्डाएर जलाईदिएको छ । यदी नेपालमा पनि समस्याको सही र समयमा समाधान भएन भने देश अराजकताको दिशातर्फ धकेलिने खतरा स्पष्ट छ । आज राज्य भएको अनुभुति छैन । भरोसा छैन, सुरक्षा छैन, अपन्वत्व छैन । असुरक्षा बढ्दो छ, त्यसैले आजको आवश्यकत्ता यस्तो राजनितिक नेतृत्वको हो, जसले सबै पक्षलाई विश्वासमा लिनसक्छ, संवाद गर्नसक्छ । न्याय दिन सकोस् र देशलाई शान्ति र स्थायित्व दिन सकोस् । यही माग आन्दोलनको सार हो । सर्वपक्षिय सरकार आजको आवश्यक्ता हो । हामीले १०० दिन देख्यौ सरकारको, यसले हाम्रो आन्दोलनको मर्म बोक्दैन, यसले हाम्रो नेतृत्व गर्न सक्दैन ।’

उनले सोमवार माईतीघरबाट आन्दोलन थाल्ने बताउदै उनले आन्दोलन शान्तिपूर्ण हुने जानकारी दिएका छन् । देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने, शासकीय स्वरुपमा सुधार गर्नुपर्ने, विदेशमा रहेका नागरिकलाई मताधिकार दिनुपर्ने, शान्ति सुरक्षाको कायम गर्नुपर्ने, जेन–जी आन्दोलनमा संलग्नलाई धरपकट गर्न नहुने लगायतका माग राखेर आन्दोलन गर्न लागिएको उनले जानकारी दिएका छन् । उनले रोजगारी सिर्जना गर्न जेन–जी आन्दोलन भएको भएपनि वर्तमान सरकार जेन–जीहरुलाई विदेश पठाउन तल्लिन रहेको आरोप पनि लगाएका छन् ।


प्रकाशित मिति: ६ पुष २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?