Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

प्रदेश समाचार


कोशी सरकार गठनविरुद्धको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा !

विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा परेको छ । कार्कीले दायर गरेको रिट श्रेष्ठ र ढकालको इजलासको तेस्रो नम्बरमा छ । यसअघि १६ जेठमा मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेपनि हेर्न नभ्याइनेमा परेको थियो

ज्यान मुद्दामा कैद माफी दिन पीडितको सहमति अनिवार्य !

काठमाडाैं । अब पीडितको सहमति तथा उजुरीमाथि सुनुवाइ गरेर मात्र कैद माफी मिनाहा हुने भएको छ । राष्ट्रपतिले दिने कैद माफी बारम्बार विवादमा परेपछि सरकारले यससम्बन्धी कानुन संशोधन गरेको हो । सोमबार राजपत्रमा प्रकाशित फौजदारी कसुर (कैदकट्टा) नियमावलीअनुसार ज्यानसम्बन्धी कसुरमा पीडित परिवारको सहमतिपत्र अनिवार्य गरेर मात्रै कैद माफी दिने व्यवस्था गरिएको छ ।

विभागले टाल्यो बालेनसँग जुहारी चलेकाे न्युरोडको सडक !

काठमाडौं । फुटपाथ विस्तारका नाममा काठमाडौं महानगरपालिकाले काटेको न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा कालोपत्रे गरिएको छ । फुटपाथ विस्तार गर्न भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनाअनुसार काटिएको सडकलाई कालोपत्रे गरेर पुरानै अवस्थामा फर्काइएको हो ।

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए । प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

दाङ । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको

ट्राउजरभित्र राखेर सुन तस्करी !

काठमाडौं । भारतको मुम्बईबाट आइतबार काठमाडौं उत्रिएका यात्रुले लगाएको ट्राउजरबाट आधा किलोग्राम सुन बरामद भएको छ ।इन्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ ११५७ बाट आइतबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा उत्रिएका गुल्सन पाण्डेले लगाएको पाइजामा भित्र आधा केजी सुन बरामद भएको हो । पाण्डेले पाइजामाको भित्री भागमा लेपन गरेर लुकाएको

स्रोत नखुलेको एक करोड बढी रकमसहित पक्राउ

सुनसरी । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारमा निरीक्षण गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले

पार्टी सत्ता भए पनि नभए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नुपर्छः डिला संग्रौला

काठमाडाैं । कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टी सत्ता भए पनि नभए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नु पर्नेमा जोड दिएकी छन् ।कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस जहाँ भए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नै पर्नेमा जोड दिएकी हुन् । ‘कांग्रेस कहिले एक कदम

बालेनले किन रद्ध गरे मन्त्रिपरिषद्ले स्वीकृत गरेको सिंगापुर भ्रमण?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले संघीय सरकारबाट स्वीकृति मिलिसकेपछि सिंगापुर भ्रमण रद्ध गरेका छन् । जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा हुन लागेको नवौँ ‘वर्ल्ड सिटी समिट’मा भाग लिन बालेनले संघीय सरकारसँग स्वीकृतिका लागि पत्र पठाएका थिए । उक्त पत्रअनुसार संघीय सरकारको मन्त्रिपरिषद्ले बालेनको सिंगापुर भ्रमण

प्रस्तावित सुनकोसी-२ आयोजनाः माझी महिलाको मानव अधिकार उलङ्घन,खारेजीको माग राख्दै आन्दोलनमा !

काठमाडौँ । प्रस्तावित सुनकोसी-२ एघार सय मेगावाट क्षमताको आयोजनाका कारण रामेछापमा माझी महिलाहरूको मानव अधिकार असुरक्षित भएको अन्तर्राष्ट्रिय महिला तथा मानवअधिकारवादी संस्थाहरूले जनाएको छ ।काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, अन्तर्राष्ट्रिय संस्थाहरू एपीडब्लुएलडी र सेन्टर फर इकोनोमिक एन्ड सोसियल राइट्सका प्रतिनिधिहरूले एक स्थलगत अध्ययन रिपोर्ट

सम्वन्धित समाचारहरु