Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

बालेनले किन रद्ध गरे मन्त्रिपरिषद्ले स्वीकृत गरेको सिंगापुर भ्रमण?


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले संघीय सरकारबाट स्वीकृति मिलिसकेपछि सिंगापुर भ्रमण रद्ध गरेका छन् । जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा हुन लागेको नवौँ ‘वर्ल्ड सिटी समिट’मा भाग लिन बालेनले संघीय सरकारसँग स्वीकृतिका लागि पत्र पठाएका थिए ।

उक्त पत्रअनुसार संघीय सरकारको मन्त्रिपरिषद्ले बालेनको सिंगापुर भ्रमण स्वीकृत गरेको थियो। सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिटमा सहभागी हुन मेयर साह जाने तालिका थियो । तर नयाँ आर्थिक वर्षको बजेट निर्माणमा समय दिनुपरेपछि उनले सिंगापुर नजाने निर्णय लिएका थिए ।

सिंगापुर जान अनुमति मागेपछि नजाने निर्णय गरे उनले तर त्यसबारे संघीय सरकारलाई जानकारी दिएका थिएनन्। साहले सिंगापुर जाने कार्यक्रम रद्ध भएको जानकारी नदिँदा मन्त्रिपरिषद्ले शुक्रबार निर्णय गरेको थियो ।

बालेनको भ्रमणबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको जानकारी शुक्रबार सरकारकी प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले दिएकी थिइन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?