Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

पार्टी सत्ता भए पनि नभए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नुपर्छः डिला संग्रौला


काठमाडाैं । कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टी सत्ता भए पनि नभए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नु पर्नेमा जोड दिएकी छन् ।कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस जहाँ भए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नै पर्नेमा जोड दिएकी हुन् ।

‘कांग्रेस कहिले एक कदम अगाडि होला, कहिले एक कदम पछाडि होला । कांग्रेस कहिले सत्तामा होला, कहिले सडकमा होला, कांग्रेस कहिले भावनामा होला,’ संग्रौलाले भनिन्, ‘जहाँ भए पनि कांग्रेस जनसवाल र जनताको केन्द्रविन्दु बन्नै पर्छ ।’

कांग्रेस जनताको केन्दविन्दु बन्न नसके विभिन्न वर्गको आशाको केन्द्र बन्न नसक्नेपनि बताइन् ।‘जनताको केन्द्रविन्दु बन्न सकेन भने २१ औँ शताव्दिको आधुनिक कांग्रेस महिला, दलित, आदिवासी–जनजातिलगायतका सबै वर्गको आशाको केन्द्र बन्न सक्दैन,’ उनले भनिन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?