Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पार्टी सत्ता भए पनि नभए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नुपर्छः डिला संग्रौला


काठमाडाैं । कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टी सत्ता भए पनि नभए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नु पर्नेमा जोड दिएकी छन् ।कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस जहाँ भए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नै पर्नेमा जोड दिएकी हुन् ।

‘कांग्रेस कहिले एक कदम अगाडि होला, कहिले एक कदम पछाडि होला । कांग्रेस कहिले सत्तामा होला, कहिले सडकमा होला, कांग्रेस कहिले भावनामा होला,’ संग्रौलाले भनिन्, ‘जहाँ भए पनि कांग्रेस जनसवाल र जनताको केन्द्रविन्दु बन्नै पर्छ ।’

कांग्रेस जनताको केन्दविन्दु बन्न नसके विभिन्न वर्गको आशाको केन्द्र बन्न नसक्नेपनि बताइन् ।‘जनताको केन्द्रविन्दु बन्न सकेन भने २१ औँ शताव्दिको आधुनिक कांग्रेस महिला, दलित, आदिवासी–जनजातिलगायतका सबै वर्गको आशाको केन्द्र बन्न सक्दैन,’ उनले भनिन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?