Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु


१८ चैत ,काठमाडौँ । काठमाडौँको ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु भएको छ ।

लायन्स क्लब अफ काठमाडौँ फाइन आर्टको आयोजना तथा होटल आर्ट ठमेलको सहकार्यमा शुक्रबारदेखि सुरु भएको उक्त कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे ।

कार्यक्रममा उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई कलामार्फत विश्वमाझ प्रचारप्रसार गर्नसके नेपालको पर्यटन प्रवद्र्धधनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

लायन्स क्लब अफ काठमाडौँ फाइन आर्ट्सका अध्यक्ष चिरञ्जीवी भट्टले नेपाली कलाकारले कोरेका कलालाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सप्ताहव्यापी कला प्रदर्शनी आयोजना गरिएको जानकारी दिए ।

प्रदर्शनीमा ५० चित्रकला प्रदर्शनमा राखिएको छ ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?