Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

बेलायतले अनुदान सहयोग दिने


२ चैत्र ,काठमाडौँ । बेलायत सरकारले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि रु १४ अर्ब ३१ करोड बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।‘नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रम’का लागि बेलायत सरकारकातर्फबाट उक्त अनुदान सहायता स्वीकार गरिएको हो ।

द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतामा अर्थसचिव तोयम राय र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन्‌। अर्थसचिव रायले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि बेलायत सरकारले लामो समयदेखि सहयोग गर्दै आएको स्मरण गरे ।

पछिल्लो सहयोगले स्थानीय तहको पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने र त्यसबाट नागरिकको सार्वजनिक जीवन थप गुणस्तरीय बन्ने विश्वास व्यक्त गरे । यस्तै नेपालका लागि बेलायतका राजदूत पोलिटले नयाँ कार्यक्रममार्फत स्थानीय तहलाई बलियो, सक्षम तथा जवाफदेही बनाउन सहयोग पुग्ने बताए ।

भौतिक पूर्वाधारको विकासपछि नेपाल सरकारले अपेक्षा गरेको विकासको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै राजदूत पोलिटले आगामी छ वर्षभित्र सो परियोजना कार्यान्वयन हुने बताए।

नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धमा पछिल्लो परियोजनाको कार्यान्वयनसँगै अर्को महत्वपूर्ण उदाहरणको रूपमा स्थापित हुने उनको भनाइ छ ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?