Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

गिती कविता -याद


-गोबिन्द राज ओझा (राजन)

मलाई जस्तो तिमिलाई पनि मेरो याद आउँछ कि
यो गाउँमा एक्लो हुँदा मेरो यादले सताउँछ कि
किन यो दिलबाट सम्झेर मन रुन्छ
एक चोटि बोलाऊ प्रिय तिमिलाई भेट्ने मन छ

टाढा  गएर पनि यो मनले याद गरिरहन्छ
मेरो मनले विश्वास पनि तिमिलाई नै गर्छ
पाएर साथ भविष्यमा खुसी भएर बाच्नेछु
यो दिलबाट तिमि सँग नाता जोडने छु

सधैँ मेरो आँखा वरिपरि घुमिरहन्छौ
यस्तै  छ मन मेरो मायाले सताउँछौ
खुसी भएर बाच्नुपर्छ यो मनलाई समालेर
सधैँ जिउने छु मैले तिमि सँग रमाएर

तिम्रो मनमा पनि सम्झनाले सताउँछ होला
मायाले मनलाई पगालेर भेट्न खोजेको होला

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?