Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

भुईँमा अस्ताउनु अघि


✍️सागर फुयाल, बर्लिन, जर्मनी

फैलिएका हातहरू
उत्साहित आँखाहरू
तृषित ओँठहरू
आभा छचल्किएका मुहारहरू

हात फैलाउँदै
पछ्यौरी फिँजाउँदै
आकाशबाट झरेको जून
भुईँमा अस्ताउनु अघि नै
समाउन, सम्हाल्न अनि सङ्गाल्न
दौडिरहेका छन्

केही संशयका
केही अनिश्चयका
सुसुप्त भयहरू बोकेर—
झर्दा झर्दै त्यो
समीपै नआई कतै
हावामै बिलाउने हो कि
आँधी चलेर
त्यसलाई उडाई कतै
अन्तै लैजाने पो हो कि।


प्रकाशित मिति: ३२ असार २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?