Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कार्यवाहक राजदूत फुयाललाई अनेसासको विशिष्ट सम्मान


बर्लिन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले जर्मनीका लागि नेपालका कार्यवाहक नेपाली राजदूत तथा पूर्व नियोग उपप्रमुख सागर फुयाललाई विशिष्ट सम्मान प्रदान गरेको छ।शनिबार बर्लिनमा आयोजित एक कार्यक्रमबीच फुयाललाई सम्मान गरिएको हो।

अनेसास जर्मनी च्याप्टरले फुयालले कूटनीतिक क्षेत्रमा निर्वाह गर्नुभएको उल्लेखनीय राष्ट्रसेवाका साथै लेखक, कवि तथा गीतकारका रूपमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा पुर्‍याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै सम्मान-पत्र प्रदान गरेको जनाएको छ।

संस्थाले फुयालले अनेसास जर्मनी च्याप्टरका पूर्व सल्लाहकारका रूपमा प्रदान गर्नुभएको मार्गदर्शन, रचनात्मक परामर्श तथा आत्मीय सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

 

अध्यक्ष सिमा ढुंगाना र महासचिव सुमन सिंखडाद्वारा हस्ताक्षरित सम्मान-पत्रमा फुयालको आगामी कूटनीतिक, प्रशासनिक तथा साहित्यिक यात्राको निरन्तर सफलता, कीर्तिमय उपलब्धि र समृद्धिको शुभकामना व्यक्त गरिएको छ।

वि.सं. २०५५ साल चैतदेखि परराष्ट्र सेवामा कार्यरत फुयाल साहित्य र संगीतका क्षेत्रमा समेत सक्रिय छन्। उनका ‘आफैंलाई खोज्न मन छ’कविता संग्रह , ‘अँजुलीमा थाप्न पाए’ (कविता तथा गीत सङ्ग्रह) र ‘तिमी र म’ सांगीतिक एल्बम प्रकाशित छन्। त्यस्तै चर्चित गीत ‘तिमी हौ सबथोक मेरो’ का स्रष्टा पनि फुयाल नै हुन्। साथै उनको  नयाँ कृति समेत प्रकाशनको क्रममा छ ।

उनका उल्लेखनीय रूपमा दर्जनौं कविता, गीत तथा लेख–रचनाहरू विभिन्न साहित्यिक पत्रिका, राष्ट्रिय दैनिक तथा अनलाइन माध्यमहरूमा प्रकाशित भइसकेका छन्।

 


प्रकाशित मिति: १४ असार २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?