Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

ए डिभिजन लिगमा आज तीन खेल हुँदै


काठमाडौ : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदैछन् । आज दशरथ रंगशालामा २ र १ खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लव र हिमालयन शेर्पा क्लव भिड्नेछन् ।

पुलिस र हिमालयनबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । पुलिस पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो । हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ । पहिलो खेलमा हिमालयनले मनाङसँग बराबरी
खेलेको थियो ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लव र
संकटा क्लवबीच प्रतिष्पर्धा हुनेछ । मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजे शुरु हुनेछ । च्यासल मैदानमा हुने खेलमा एपीएफ क्लव र सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?