Trending
>>   बजेट यथार्थपरक छ, अर्थतन्त्र चलायमान हुन्छः अर्थमन्त्री पौडेल >>   बजेटमा रकम बिनाका शिर्षक राखियोः राजेन्द्र पाण्डे >>   निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो बजेट आएनः रवि सिंह >>   बजेट उत्ताउलो र गैरजिम्मेवार छैनः रास्वपा >>   बजेट परम्पराको निरन्तरतामात्रै होः पूर्व अर्थमन्त्री शर्मा >>   बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छः विनोद चौधरी >>   पाँच दलद्वारा संघीय गणतान्त्रिक गठबन्धनको घोषणा >>   मदिराजन्य आयातमा लाग्दै आएको भन्सार महशुल दरमा वृद्धि >>   बजेट पुरातनवादी छः प्रमुख सचेतक शाही >>   सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौनः पूर्वअर्थमन्त्री महत
Logo
१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

नेपाल र युएई भिड्दै


काठमाडौ :  युएईमा जारी रहेको आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली युएईसँग प्रतिष्पर्धा गर्दैछ । यो सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिमसँग खेल्न लागेको हो । नेपाल र युएईबीचको
खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ बजे शुरु हुनेछ । यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल पनि हो ।

पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको थियो भने युएई पपुवान्युगिनीसँग ठूलो रन रेटले पराजित भएको थियो । यु १९ः नेपाल र युएई भिड्दैः युएई १०ः४५ बजे नेपालले आईसीसी यु–१९ विश्वकप एशिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा आज युएईसँग प्रतिष्पर्धा गर्दैछ । यसअघि चार खेलमा अपराजित दुवै टोलीबीचको खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अजमानस्थित इर्डेन गार्डेन ओभलमा
शुरु हुनेछ ।

समान अंक रहे पनि युएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रोस्थानमा छ । नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ ।


प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?