Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

बुद्ध जन्मभूमि लुम्बिनीमा ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रम हुने


लुम्बिनी : बुद्ध जन्मभूमि लुम्बिनीमा ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रम हुने भएको छ। अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना तथा विभिन्न संघ संस्थाहरूको सहभागितामा उक्त कार्यक्रम हुने भएको हो। यही मिति २०७९ (बु.सं. २५६६) फाल्गुन २७ देखि चैत्र १७ गते बुद्ध जन्मभूमि लुम्बिनीमा हुन गइरहेको ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रममा सहभागी हुन सम्पूर्ण बुद्ध धर्मावलम्बी संग आयोजक संस्थाले अनुरोध समेत गरेको छ। ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रमको लागि रजिष्ट्रेशन गर्ने मिति फाल्गुन २७ गते रहेको छ भने प्रव्रज्या हुने दिन चैत्र २ गते तथा चैत्र १७ गते कार्यक्रम समापन हुने भएको छ। उक्त कार्यक्रममा भाग लिन इच्छुक धर्मावलम्बीले अखिल नेपाल भिक्षु महासंघ, विश्व शान्ति विहार, मीनभवन अक्षेश्वर महाविहार, पुल्चोक, ललितपुर सम्पर्क गर्न सक्नुहुनेछ।

रजिष्ट्रेशन दिन : २०७९ फाल्गुन २७ गते

प्रव्रज्या हुने दिन : २०७९ चैत्र २ गते विहीबार, लुम्बिनी

कार्यक्रम समापन हुने दिन : २०७९ चैत्र १७ गते शुक्रबार

सम्पर्क स्थान : अखिल नेपाल भिक्षु महासंघ, विश्व शान्ति विहार, मीनभवन


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?