Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बुद्ध जन्मभूमि लुम्बिनीमा ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रम हुने


लुम्बिनी : बुद्ध जन्मभूमि लुम्बिनीमा ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रम हुने भएको छ। अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना तथा विभिन्न संघ संस्थाहरूको सहभागितामा उक्त कार्यक्रम हुने भएको हो। यही मिति २०७९ (बु.सं. २५६६) फाल्गुन २७ देखि चैत्र १७ गते बुद्ध जन्मभूमि लुम्बिनीमा हुन गइरहेको ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रममा सहभागी हुन सम्पूर्ण बुद्ध धर्मावलम्बी संग आयोजक संस्थाले अनुरोध समेत गरेको छ। ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रमको लागि रजिष्ट्रेशन गर्ने मिति फाल्गुन २७ गते रहेको छ भने प्रव्रज्या हुने दिन चैत्र २ गते तथा चैत्र १७ गते कार्यक्रम समापन हुने भएको छ। उक्त कार्यक्रममा भाग लिन इच्छुक धर्मावलम्बीले अखिल नेपाल भिक्षु महासंघ, विश्व शान्ति विहार, मीनभवन अक्षेश्वर महाविहार, पुल्चोक, ललितपुर सम्पर्क गर्न सक्नुहुनेछ।

रजिष्ट्रेशन दिन : २०७९ फाल्गुन २७ गते

प्रव्रज्या हुने दिन : २०७९ चैत्र २ गते विहीबार, लुम्बिनी

कार्यक्रम समापन हुने दिन : २०७९ चैत्र १७ गते शुक्रबार

सम्पर्क स्थान : अखिल नेपाल भिक्षु महासंघ, विश्व शान्ति विहार, मीनभवन


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?