Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कवि घिमिरेकाे एकल कविता बाचन: दर्जन कविता सुनाइए


भरतपुर : कवि हेमनाथ घिमिरेको एकल कवितावाचन कार्यक्रम गरिएको छ । अक्षर समूह चितवनको आयोजना र सप्तगण्डकी बिम्बयात्राको सहआयोजनामा सप्तगण्डकी क्याम्पस भरतपुरमा कार्यक्रम गरिएको हो । कवितावाचन कार्यक्रमको सुरुवातमा कवि घिमिरेले मंगलाचरण र आफ्नो परिचयलाई कविता कै स्वरुपमा प्रस्तुत गरे । त्यसपछि कविले छन्द र गद्यका कविताहरू सुनाए । पहिलो चरणमा उनले ६ वटा कविता प्रस्तुत गरे ।

कार्यक्रममा कवि घिमिरेकी बुहारी सान्त्वना तिमिल्सिनाले एउटा कवितालाई आवाज भरिन् । घिमिरेको कवितासङ्ग्रह `मेरा बीज अक्षरहरू´ बाट `जीवनको दौड´ शीर्षकको कवितालाई तिमिल्सिनाले आवाज भरेकी थिइन् । त्यसपछि कवि घिमिरे पुनः ६ वटा कविता लिएर मञ्चमा देखिए । घिमिरेले कार्यक्रममा विभिन्न भाव र शीर्षकका कविता प्रस्तुत गरे । कवितामा घिमिरेले बालाई सम्बोधन गरेका थिए । जीवन र जगतलाई कवितामा उतारेका थिए । जीवनको यात्रामा बाटो भुल्दा बाको याद झल्झली आउने र बाटो देखाउन बालाई अनुरोध गरिएको प्रसङ्गलाई कविले कवितामा उतारेका थिए ।

कवि घिमिरे पेशाले इन्जिनियर हुन् । इन्जिनियर कविका कवितामा प्राविधिक कुरा भन्दा पनि समाज र जीवन जगतका बिषय समेटिएको अक्षर समूहका अध्यक्ष रमेश प्रभातले बताए । कार्यक्रमको अन्त्यमा कवि विदुर अधिकारीले घिमिरेले वाचन गरेका समग्र कविताको टिप्पणी सहितको कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा ईश्वर कँडेल, उदय अधिकारी, डाक्टर एकनारायण पौड्याल, डाक्टर धनेश्वर भट्टराई, विपिन पाठक, आकाश पौडेल, जगन्नाथ पण्डित, शान्ति शर्मा, रह शर्मालगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?