Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सौराहामा होटल आइकावा सञ्चालनमा आउँदै


भरतपुर : पर्यटन नगरी चितवनको सौराहामा सुविधाजनक होटल आइकावा सञ्चालनमा आउने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकै सौराहा बजारमा उक्त होटल सञ्चालनमा आउन लागेको हो । रत्ननगर नगरपालिका वडा नम्बर- ६ स्थित सौराहाको निकुन्ज चोकमा फागुन १२ गते शुक्रबारदेखि उक्त होटल सञ्चालनमा आउन लागेको हो ।

करिव १२ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त होटलमा डिलक्स १८, सुपर डिलक्स ९, स्वीट ३ वटा गरि तीसवटा सुविधासम्पन्न कोठा छन् । बारको क्षमता ३० जनाको छ भने चौबिसैघण्टा खुल्ला रहने होटल भित्रको आइक्याफेमा पाहुनाले नेपाली, इन्डियन, चाइनिज, जापानिजलगायतका परिकारको स्वाद लिन सक्ने छन् ।

एकै पटकमा २०० जनासम्म बसेर कार्यक्रम गर्न सक्ने सभाहल संचालनमा आइसकेको छ भने बिवाह, व्रतबन्ध, सेमिनार, भोजलगायतका कार्यक्रमको लागि १२०० जना क्षमताको ब्याङ्केट हल, इन्फिनिटी स्विमिङ पुल पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको होटल सञ्चालक घनश्याम अर्यालले बताए । विदेशी पर्यटकसँगै नेपाली पर्यटकलाई पनि लक्षित गरि विभिन्न प्याकेज बिक्रीको लागि तयार पारिएको संचालक अर्यालले जानकारी दिए । पाहुनालाई भरतपुर विमानस्थलसम्म लिन जान र पुर्‍याउने समेत व्यवस्था गरिएको पनि उनले बताए ।

आइकावा जापानी भाषाको शब्द हो । यसको नेपाली नाम दोभान हुन्छ । सञ्चालक अर्यालले हस्पिटालिटी सम्बन्धि अध्ययन जापान र अमेरिकामा गरेका छन् । विदेशमा सिकेको सिपलाई आफ्नै देशमा प्रयोग गर्ने योजनाका साथ सौराहामा होटल व्यवसाय सुरु गरेको अर्यालले बताए ।


प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?