Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

प्रदेश १ को नाम संसारभर चिनिएको “सगरमाथा “को नामबाट राखौँ: संसद डोल्मा तामाङ


प्रदेश १ : नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य डोल्मा तामाङले प्रदेश नम्बर एकको नाम सगरमाथा राख्न प्रस्ताव गरेकी छन् । कांग्रेस संसदीय दलको तर्फबाट सोमबार बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अघिल्लो सरकारले प्रदेशको नाम राख्न नसेकेको भन्दै अब विलम्ब नगरी नामकरणमा जोड दिनुपर्ने बताइन् ।

“संसारले चिनेको विश्वकै अग्लो शिखरको नामबाट प्रदेश १ को नाम राख्न उपयुक्त हुन्छ, सगरमाथाको देश भनेर चिनिएको नेपालमा प्रदेशको नाम राख्न हामी किन पछि परिरहेको छौं,” तामाङले भनिन्, “यो निर्णय गर्दा सबैको शिर उँचो हुन्छ । इज्जत पनि बढ्छ ।” अरू सबै प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश १ ले अहिलेसम्म नाम राख्न नसक्दा शिर झुेकेको उनले बताइन्।

उनले प्रदेशले खर्च बढाएको भन्ने आरोपलाई चिर्न मन्त्रालयको संख्या घटाउने काम भएको र प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने बताइन् । उनले कांग्रेस रचनात्मक प्रतिपक्षीको भूमिकामा रहने पनि बताइन् । संसद डोल्मा तामाङ नेपाल महिला संघको पूर्व केन्द्रीय सदस्य एवम् नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य समेतको अनुभव संगाली सकेकि युवा नेत्री हुन्।


प्रकाशित मिति: ९ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?